News

वैशाखमा पनि पुस माघकै जस्तो चिसो, किन बिग्रियो मौसम ?

काठमाडौं । केही दिनदेखि बिहान र दिउँसो घाम लाग्ने अनि साँझपख हुरीबतास र चट्याङसहित मुसलधारे वर्षा भइरहेको छ । चैत र वैशाख महिना गर्मीको सिजन हो । त्यसै पनि चैत वैशाखको गर्मी भन्ने चलन नै छ । तर, केही दिनयता मौसममा परिवर्तन आएको छ ।

हुन त विश्वमै जलवायु परिवर्तनले असर गरिरहेको भन्ने सुनिँदै र देखिँदै आएको हो । नेपालमा पनि पहिले पहिलेको जस्तो मौसम देखिन थालेको छ । लकडाउनपछि एक महिनायता पूरै देशको वातावरण शुद्ध भएको छ । काठमाडौं उपत्यका त निकै खुलेको छ । तर, पानी पर्न पनि छोडेको छैन ।

मौसमविद्हरू सय वर्षअघिको जस्तो मौसम देखिन थालेको बताउँछन् । यो बेलामा पनि चिसो हुनु मानव जातिका लागि राम्रो भएको र प्रकृति पहिलेकै स्वरुपमा फर्किएको मौसमविद् डा.समीरमणि दीक्षितको टिप्पणी छ ।

Related Articles

Back to top button
Close