News

नर्भिक अस्पतालमा एक व्यक्तिमा आरडिटी गर्दा देखियो कोरोना पोजेटिभ

काठमाडौं – काठमाडौंको नर्भिक अस्पतालमा एक व्यक्तिमा आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिमा आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

आरडिटीमा कोरोना देखिएका उक्त व्यक्तिको थप परिक्षणको लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको जनाइएको छ । पीसीआर परिक्षण गरेपछि मात्र उनलाई कोारेना देखिएको हो होइन थाहा हुने जनाइएको छ । ती व्यक्तिलाई आइसोलेसन वार्डको आइसियुमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

Related Articles

Back to top button
Close