Friday, May 20

पललाई हिट बनाउने गीतको गायक सुनिल गिरी पहिलो पल्ट् मिडियामा

March 28, 2022 1099

पल जेल गए पछी पहिलो चोटि बोलेको छ । पल एकदमै मिल्ने साथी गायक सुनिल गिरी उन्ले एस्तो भनेको छ । कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई कर णी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक पटक कर णी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो।

फागुन ११ गते शाहविरुद्ध किटानी जाहेरी परेपछि उनीले फागुन १५ गते आफैँ प्रहरी कहाँ पुगेका थिए।

अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा शाहविरुद्ध कर णीको मुद्दा दायर गरेको थियो।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालतले शाहलाई थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

बालिका १४ देखि १६ वर्ष उमेर समूहकी भएकाले जिल्ला अदालतले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेको छ।

आदेशमा पलले पीडीतलाई कर णी गरेको कुरामा पूर्णत : इन्कार गरेको भएता पनि उनले मौकामा गरेको बयान हेर्दा राति १२ बजे पीडितलाई म्यासेज गरी साथीहरुसँग खाइ बाँकी हरेको वि’य’र लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई पलले स्वीकार गरेको पाइएको उल्लेख गरिएको छ ।

Comment