“चर्चित संचारकर्मी रवि लामिछानेले अब ठूला दल र आफ्नो, तेरो मेरो नभनी विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रविले ठुला दलहरु भन्दै हिँड्ने समय सकिएको दाबी गरे ।
“फेसबुकमा रविले स्टाटस लेख्दै र्यापर इञ्जिनियर बालेन शाहको तारिफ गर्दै उनलाई सर्मथन समेत गरेका छन् । रविले लेखेका छन् ठुला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र ब्यक्तीहरु अर्का तिर।
“जनताको म्यासेज क्लियर कट रूपमा देखिनकालागि पनि काठमाडौँमा कांग्रेस र एमाले बाहेकका दल र उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।
“रविले अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा पनि वैकल्पिक शक्तिबाट उदाएका नेताहरुलाई सर्मथन गरेका थिए भने अहिले स्वतन्त्र उम्मेदवार बालेनको पक्षमा बोलीरहेका छन् ।”
Comment