Wednesday, May 18

ओली ज्ञान र दृष्टि भएका गतिशील नेता’ हुन ओली जस्तो नेता पाउँनु सौभाग्य हो हामी सबैलाई : पूजा शर्मा

April 26, 2022 649

‘ओली ज्ञान र दृष्टि भएका गतिशील नेता’ हुन ओली जस्तो नेता पाउँनु सौभाग्य हो हामी सबैलाई काठमाडौं । नायिक पुजा शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ज्ञान र दृष्टि भएको गतिशील नेता रहेको भन्दै

सामाजिक संञ्जालमा केपी शर्मा ओलीसँगको तस्विर ‘पोष्ट’ गर्दै प्रशंसा गरेकी छिन् । आफु केपी शर्मा ओलीको प्रशंसक रहेको समेत बताएकी छिन् ।

यो केबल तस्विर मात्र रहेको, आफु कसैले पक्ष विपक्षमा नरहेको र कसैले पनि धेरै नसोच्न समेत आग्रह गरेकी छिन् । उनले सो तस्बिर ‘युवकसँग म’ विशेष अन्तक्रिया कार्यक्रममा सहभागिता जनाउँने क्रममा लिएकी थिइन् ।

पछिल्लो समय निर्वाचन नजिकिएसँगै कलाकारहरु पनि पार्टी प्रवेश गर्ने लहरै चलेको छ । तर उनी भने राजनीतिबाट अल्लि टाढै रहने गरेकी छिन् ।

हिजो (बुधवार) गोदावरीस्थित सनराइज हलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा केपी शर्मा ओलीसँग बिभिन्न क्षेत्रमा आबद्ध रहेका सयौंको संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।

Comment