Wednesday, May 18

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय !

March 28, 2022 1110

काठमाडौं । आउँदो बिहीबार सार्वजनिक बिदा दिने भइएको छ । नयाँ वर्षसंगै बिसु, बिस्केट जात्रा परेकोले बिदाको निर्णय भएको हो । नया वर्षको उपलक्ष्यमा विभिन्न स्थानीय तहमा पनि बिदा दिइन्छ ।

नयाँ वर्ष विक्रम सम्वत् २०७८ : आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘हाम्रो पात्रो’ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छ !

आजको दिनबाट हामी अर्काे वर्षमा प्रवेश गर्दैछौं । यो नव वर्ष बितेका वर्षहरू भन्दा फरक अवश्य हुनेछ । यसपालि नव वर्षमा हामी एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं ।

हामी अघिल्लो वर्ष नयाँ वर्ष शुरु हुँदा पनि कोराना भाइरसको सन्त्रासमा थियौ । एक वर्षभरि हामी त्यसैबाट गुज्रियौ । यो नयाँ वर्ष शुरु हुँदा पनि कोभिड–१९ बाट विश्वलाई मुक्ति मिलेको छैन । विश्व नै कोभिड–१९ को दोस्रो चरणमा प्रवेश गरेको छ ।

त्यसकारण पनि यो नव वर्षको उत्साह हामीले भीडभाडमा घुमफिर गरेर होइन कि घर आँगन र सीमितबीच मात्र रमाउन सुझाव दिन चाहन्छौं ।

कोराना भाइरसकै कारण बितेको वर्षको नयाँ वर्ष पनि हामीले धुमधामसँग मनाउन पाएनौ । यो वर्ष पनि सन्त्रासको स्थितिमा धेरै बद्लाव आएको छैन । त्यसकारण पनि सतर्कता अपनाउनु हाम्रो पीडादायी वाध्यता हो ।

अझ हाम्रो समाजमा एउटा भनाइ निकै प्रचलित छ, ‘नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरि त्यही चलिरहन्छ ।’ यस अर्थमा हामीले बुझ्न सक्छौं, आजको दिन सुरक्षित भएर आ–आफ्नै घरमा बसे, सायद हामी वर्षभरि पनि यो महामारीबाट सुरक्षित रहनेछौं ।

म त विक्रम सम्वत् २०७७ लाई नै मास्कभित्रको वर्षका रूपमा व्याख्या गर्छु । मास्कभित्रका अनुहार । आँखा र निधार हेर्दै मानिस पहिचान गर्नुपर्ने वाध्यता ।

अनि हरेकका आँखामा त्रास । अनि हातमा स्यानीटाइजर धस्दा–धस्दा विरूप भएका हत्केलाहरू । बितेको वर्षभर ती दृश्य हाम्रा नित्य कर्म बने । अनि विश्व नै ‘लकडाउन’, ‘क्वारेन्टाइन’, ‘स्यानीटाइजर’ शब्दावलीसँग रम्नुपर्यो, वर्षभर ।

अर्थात्, बितेको वर्ष कोरोना संक्रमणको दर, ‘क्वारेन्टाइन’, मृतकका संख्या अनि ‘लकडाउन’को फेहरिस्त हाम्रो दिनचर्या बन्यो । भन्ने नै हो भने विक्रम सम्वत् २०७७ ले जति हामीलाई पछिल्ला शताब्दीका अन्य कुनै वर्षहरूले सिकाउन सकेन ।

Comment