International

भारतमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय नाघ्यो, ५९२ जनाको मृत्यु

काठमाडौं- भारतमा गएको २४ घन्टायता करिव एक हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ५ सय नाघेको छ ।मंगलबार विहान समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या १८ हजार ५३९ पुगेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार २७३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १४ हजार ६७४ बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३३ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९२ पुगेको छ ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्न बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको छ ।

Related Articles

Back to top button
Close