News
पश्चिमी वायु सक्रिय, उपत्यकासहित ५ वटा प्रदेशमा हावाहुरीसहित वर्षा
![]() |
---|
|
![]() |
काठमाडौं : उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबताससहित पानी परिरहेको छ।
स्थानीय वायु र पश्चिमी वायुको प्रवाभले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केहि समय चल्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार यो बादल अहिले उत्तर पूर्वतिर सरिरहेको छ। यसकै कारण पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका छ।
![]() |
---|
|
![]() |