Tuesday, May 17

आज पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो सुनको मूल्य

April 26, 2022 1721

काठमाडौ । नेपाली बजारमा साताको तेस्रो दिन सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँमा किनबेच भएको जनाइएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि- कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका पाँचवटै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय राखिए पनि सोमबार राति मध्यरातसम्म उम्मेदवारी दर्ता गरिएको थियो । भौगोलिकरूपमा देशकै ठूलो महानगरपालिका पोखरामा प्रमुख पदमा २३ जनाको उम्मेदवारी परेको छ ।

महानगरको प्रमुख पदका लागि उम्मेदवारी दिनेमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्य हुनुहुन्छ भने नेकपा ९एमाले०का कृष्ण थापा हुनुहुन्छ । अन्य प्रमुखका उम्मेदवारमा साना दलका साथै स्वतन्त्र हुनुहुन्छ । पोखराको उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका कोपिला रानाभाट र एमालेका मञ्जुदेवी गुरुङको उम्मेदवारी परेको छ ।

कास्कीका अन्य चार गाउँपालिकामध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र एमालेका विष्णु केसीले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्षमा कांग्रेसका खेमकुमारी गुरुङ र एमालेका चन्द्रा अधिकारीको उम्मेदवारी छ । माछापुच्छ«ेको अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ र एमालेका विक्रम गुरुङ तथा उपाध्यक्षमा कांग्रेसका सीता अधिकारी र एमालेका सीता तिवारी हुनुहुन्छ ।

मादीमा अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका देवीजङ्ग गुरुङ र एमालेका महेन्द्र गुरुङ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का लालबहादुर गुरुङ र एमालेका कल्पना गुरुङको उम्मेदवारी परेको छ ।

त्यस्तै रुपा गाउँपालिकामा कांग्रेसका गीमाया गुरुङ र एमालेका नवराज ओझाले उम्मेदवारी दर्ता गराउनुभएको छ । रुपाको उपाध्यक्षमा कांग्रेसका नारायण श्रेष्ठ र एमालेका लालसुब्बा गुरुङको उम्मेदवारी परेको छ । दुई दिनसम्म उम्मेदवारी मनोनयनको समय राखिए पनि दोस्रो दिन राति अबेरसम्म उम्मेदवारी दर्ता गरिएको थियो ।

Comment