भक्तपुर- अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुर थिमि चार दोबाटोमा टिपरले ठ’क्कर दिँदा स्कुटर चालकको मृ’त्यु भएको छ भने पछाडि सवार ग’म्भीर घा’इते भएका छन्।
मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठ’क्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक
बेथानचोक-६ घर भई हाल चाँगुनारायण-३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। स्कुटर पछाडि सवार म्याग्दी बेनी-४ घर भई हाल चाँगुनारायण -३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठको
मध्यपुर अस्पतालमा उपचार भइरहेको पाण्डेले जानकारी दिए। दु’र्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा-४ घर भई हाल मध्यपुरथिमि-७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरू गरेको जनाइएको छ।
यो पनि – रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा नेकपा -एमाले_बाट दुई जनाकाे उम्मेदवारी परेकाे छ । तर, निर्वाचन अधिकृतकाे कार्यालयले दुबै जनाकाे उम्मेदवारी रद्द गरिदिएकाे छ । एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए ।
उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदको बन्द सूचीमा नाम पठाइएकाे थियाे । तर, निर्वाचन आयाेगले स्थानीय तहकाे जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनकाे नाम हटेकाे थिएन ।हाल एमाले नेता रहेका तामाङलाई
पार्टीले उम्मेदवार बनाए पनि निमानुसार नभएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द गरिदिएकाे हाे । तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङकाे नाममा मनाेनयन दर्ता गराएकाे थियाे ।
Comment