Saturday, May 21

बाहिरियो वर्षा सिवाकोटीको बिहेको भिडियो : विदाईमा धुरुधुरु रोएको भिडियो अहिले भाइरल, वर्षासहित आफन्तहरुको पनि चल्यो रुवाबास (भिडियो)

April 26, 2022 1059

काठमाडौं :

अमेरिका जाँदै प्रेमीलाई भेट्दै आएकी नायिका वर्षा सिवाकोटीले अन्तत सुटुक्क प्रेमीसँग विबाह गरिन् । राज कटुवालसँग प्रेम सम्बनधमा रहेको केही समय चर्चा चलेपछि वर्षा फेरी हराइन् । राजसँगको बे्रेकअप लगत्तै अमेरिका हानिएकी वर्षाले प्रेमी आशिष गेलालसँग अमेरिकाबाट फर्के लगत्तै लगनगाँठो कसिन् ।

प्रेमी आशिष गेलालसँग झ्यापझुप विबाह गरेकी वर्षाले किस्ता – किस्तामा बिहेका तस्वीर र भिडियो सामाजिक संजालमा अपलोड गर्दै आफ्नो खुशी फ्यान र आफन्तहश्ररुका माफमा साटिरहेकी छिन् ।

गोप्य राख्ने प्रयास गरिएको विवाहमा पारिवारिक सदस्य, सीमित आफन्त र साथीहरु गरी करिब १ सय ५० जना सहभागी थिए ।

मेहेन्दी र विवाह समारोहमा खुसी देखिएकी वर्षा बिदाइमा भने रुँदै गरेका दृश्यहरु अहिले भाइरल बनिरहेका छन् । वर्षा विदाईमा धुरुधुरु रोएको भिडियो अहिले भाइरल बनिरहेको छ । वर्षाको बिदाईका क्रममा आफन्त र परिवारले पनि आँशु खसालेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

Comment