News

नक्कली आईडी बनाएर आफ्नै श्रीमान् लाई मायाँको जालमा फसाएर स्वदेश फर्काउदै छु…

एक विवाहित महिला जसको मुहारमा उदाशी स्पस्ट देखिन्थ्यो । उनि साईबर क्याफे आउछिन । अनि क्याफे संचालक युवा दम्पति कहाँ गएर आफुलाई फेसबुक आईडी चाहिएको इच्छा ब्यक्त गर्छिन । सो क्याफे मालिकले फेसबुक अकाउन्त खोल्न सुरु गर्छन । अनि ति युवती संग उनको नाम सोध्छन, जो फेसबुक प्रोफ़ाईलको लागि चाहिएको हुन्छ ।

नाम सोध्दा युवतीले आफ्नो फेसबुक अकाउन्त नक्कली नाम बाट खोल्ने इच्छा जाहिर गर्छिन । युवतीको यस्तो ब्यबहार देखेर क्याफे युवती आबेशमा आएर रिसाएर यसको बिरोध गर्छिन । तर उनीहरुको बिरोध लाई नमानेर सो युवतीले नक्कली आईडीको लागि दबाब दिन्छिन । उनि आफ्नो फोटो पनि नराखेर कुनै नेपाली सुन्दर केटिको तस्विर प्रोफ़ाईल फोटोमा राख्न माग गर्छिन ।

त्यसैले यी युवतीको जिद्दी देखेर क्याफे मालिक दम्पतीले उनका लागि नक्कली फेसबुक आईडी बनाईदिन बाध्य हुन्छन । यसरी नक्कली आईडी बनि सके पछि युवतीले धन्यबाद दिएर आफ्नो घर तर्फ जान लागेकी हुन्छिन । क्याफे मालिक दम्पतीले यस्तो नक्कली आईडी किन भनेर अचम्भित मुद्रामा भाबुक प्रस्न गर्छन । ति उदास युवतीको जवाफ कम दुखदायी थिएन ।

उनको उत्तर यस्तो थियो – मेरो श्रीमान् विदेश गएको ३ बर्ष भयो अब त उहाँलाई मेरो कुनै वास्ता छैन । मेरो बुढा सासु ससुरा जो उहाँलाई पनि जन्मदिने आमा बाबु हुनु हुन्छ उहाहरुको पनि वास्ता छैन । न त चिठी आउछ, न त फोन, घरको आर्थिक स्थिति पनि ओराली लागि सकेको छ । बाल बच्चाको पढाई र बृद्दा आमा बाबुको उपचारमा सम्पति बेच्ने स्थिति आईसकेको छ ।

अनि आज भोलि सुन्दै छु मेरो श्रीमानले फेसबुक चलाउनु हुन्छ रे, फोटो पनि राख्नु हुन्छ रे । राम्रा राम्रा मन छुने गज़ल कविता र आदर्श लेख हरु लेखेर राम्रो ख्याति प्राप्त गर्नु भएको छ रे । अनि उहाँ लाई चाहने हरु पनि धेरै छन् रे । फेसबुक मा राम्री राम्री केटि हरु संग मायाँ प्रेम गास्नु हुन्छ रे ।

त्यसैले म पनि एउटी अन्जान केटिको रुपमा मेरो श्रीमान् संग फेसबुकमा जोडिने छु । उहाँ संग मायाँ पिरती गास्ने छु ।अनि आफ्नो प्रेमको जालमा फसाएर स्वदेश बोलाउने छु । युवतीको यस्तो उत्तर सुनेर ति क्याफे दम्पतिको पनि आँखा रसाउछन । ति युवतीको साहस, आशा र संकल्प देखेर त्यो दम्पति सोच्न बाध्य हुन्छन ।

भगत प्यूठानी हाल हैदराबाद ले लेखेको लेख ‘बाध्यताले जहाँ पुर्याएपनि मन त मेरो नेपाली ग्रुप बाट साभार गरिएको पोस्ट एभरेस्ट दैनिक बाट ।

Related Articles

Back to top button
Close