International

सोमबार मात्रै कतारमा ५ सय ६७ जनामा कोरोना भाइरस पुष्टि, एकको मृत्यु

कतारमा कोरोना भाइरसका ५ सय ६७ जना विरामी थपिएका छन् । साथै ३७ जनालाई निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ६ हजार १५ पुगेको छ ।

हालसम्म ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । त्यस्तै जम्मा ५ हजार ४ सय ५१ जना उपचारत छन् । हालसम्म ६४ हजार ६ सय २० जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा ९ जनाको मृत्यु भएको छ ।

आज थपिएका बिरामीहरु क्वारेन्टाइनमा बसेका र केही नयाँ व्यक्तिहरु हुन् जसमध्ये धेरैजसो आप्रवासी नागरिक रहेका छन् । सरकारले कुन देशका कति मानिसमा संक्रमण देखिएको तथ्यांक सार्वजनिक भने गरेको छैन ।

कतार लगायत खाडी मुलुकमा भाइरसको स्थिति उत्कर्षमा पुगेको र आउने दिनमा संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close