Tuesday, May 17

‘नाई नभन्नु ल ६’ मा आँचल शर्मा चयन

April 26, 2022 225

काठमाडौं । नेपाली चलचित्र ‘नाई नभन्नु ल’ को नयाँ सृखला निर्माण हुने भएको छ ।

यस अघि पाँच सृखलासम्म निर्माण भएको यो चलचित्र अब ‘नाई नभन्नु ल–६’ निर्माण हुने यसका निर्माता निर्देशक विकाश आचार्यले बताएका छन् ।

यो चलचित्रको नायिकामा अभिनेत्री आँचल शर्मा चयन भएकी छिन् । दुई देखि पाँर्चौं सृँखलासम्म अभिनय गरेका अनुभव रेग्मी भने यो सृँखलामा नहुने निर्देशक आचार्यले बताएका छन्

नाई नभन्नु लको तेश्रो सृँखलाबाट नेपाली चलचित्रमा नायिकाको रुपमा आएकी आँचल त्यसपछि नाई नभन्नु ल ६ मा फेरी दोहोरिन लागेकी हुन् ।

यो चलचित्रमा सामिप्यराज तिमल्सिना र विकासराज आचार्यको लेखन रहेको छ । बाँकी कलाकारको चयन भईरहेको पनि निर्देशक आचार्यले बताएका छन् ।

Comment