Saturday, May 21

साउदी सरकारीको मेगा प्रोजेक्टमा नेपालीको कामदार मात्रै लिने घोषणा

April 26, 2022 297

काठमाडौँ ।
कोभिड-१९ म-हामारीका बीच पनि साउदी अरवमा नेपाली कामदारको माग बढेको छ । अझ साउदी अरबको मेगा प्रोजेक्टहरुमा नेपाली कामदारको माग बढेको हओ ।

कोरोनाको नयाँ भेरिएन्टका कारण केही अन्यौल देखिए पनि त्यस अघिसम्म साउदिबाट नेपाली कामदारको माग उच्च रहेको थियो ।

कोभिड -१९ महामारीका बीच पनि साउदीमा रोजगारदाताको प्राथमिकतामा नेपाली कामदार परेकोले माग बढ्दै

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राईले भने, ‘हालसम्म ३६ सय फाइलबाट ३५ हजार नेपाली ल्याउनका लागि मागपत्र प्रमाणीकरण भएको छ, रोजगारदाताले नेपाली कामदारमा लिन इच्छुक रहेकोले पनि नेपालीको माग उच्च छ।’

साउदीमा दक्ष कामदारको माग बढेको र हालै २१ हजार रियाल मासिक करीब सात लाखसम्म तलव पाउने कम्प्युटर प्रोग्रामरको माग पनि आएको भन्दै राईले भविष्यमा अदक्षभन्दा दक्ष र प्राविधिकरुपमा दक्ष कामदारको मागबढ्न सक्ने आँकलन गरिएको बताए ।

हाल साउदीमा माग भएका कामदारमा ‘लेबर कोटा’ बढी रहेको उनले बताए । भविष्यमा सीपयुक्त र दक्ष कामदार आपूर्ति गर्न सकिएमा श्रमिक सम्बन्धि समस्या कम आउने साथै रेमिटेन्स वृद्धि गर्नमा पनि मद्दत मिल्ने उनको भनाई छ ।
साउदी जान चाहने नेपालीले त्यहाँको सरकारले तोकेको होटलमा क्वारेन्टाइनमा ७ दिन बस्नुपर्ने बाध्यता छ । साउदी जानेहरुको लागि सयभन्दा बढी संस्थागत क्वारेन्टाइन तोकिएको साथै खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

Comment