News

सिन्धुपाल्चाेकमा आरडिटी परीक्षणबाट एक जनामा देखियाे काेराेना

चाैतारा : सिन्धुपाल्चोकमा पनि एक जनामा आरडिटी पोजेटिभ भएकाे पाइएकाे छ। जुगल गााउँपालिका ७ का ३२ वर्षीय पुरुषमा आरडिटी पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार ती व्यक्तिको स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल पठाउने तयारी गरिएको छ।काठमाडौंबाट घर फर्केका ३९ जनाको परीक्षण गरिएकोमा एउटा रिपोर्ट पोजेटिभ पाइएको हाे।

भक्तपुरबाट ४१ जुगल आइपुगेका जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। काफ्लेका अनुसार भोटेकोसी गाउँपालिकाको सामग्री बोकेको गाडीमार्फत उनीहरु भक्तपुरबाट घर (जुगल) फर्किएका हुन्।

Related Articles

Back to top button