Saturday, May 21

शिल्पासँग कुरा बिग्रिएपछि तर्सिएका हुन् छवी !

April 25, 2022 426

काठमडौँ ।

नेपाली फिल्म क्षेत्रको ‘बाघ’ निर्माता छविराज ओझा साना तिना समस्याले हराइहाल्ने व्यक्ति हुन् ?

फिल्म क्षेत्रमा काम गर्ने जो कोहीलाई पनि यो प्रश्न गर्यो भने सबैको एउटै उत्तर आउँछ होइनन् । उनै सुरा र लम्बे रेसका घोडा मानिएका निर्माता ओझाले नायिका शिल्पा पोख्रेल प्रकरणपछि बलियो तरिकाले फेरि फिल्म क्षेत्रमा कमब्याक गर्ने तयारीमा छन् ।

उनले, फिल्म नबनाउँदा नेपाली फिल्म क्षेत्रमा अन्य निर्माताहरु बलियो रुपमा अगाडि आइरहेका बेला शिल्पासँगको मुद्धा टुंगिएलगत्तै फेरी कडा तरिकाले आउने तयारीमा निर्माता छवी लागिरहेको स्रोत बताउँछ ।

‘मंगलम’ बनाएपछि मौन बसेका छवि नयाँ फिल्मको तयारीमा रहेको र नयाँ फिल्मका लागि कलाकारहरुको खोजी गरिरहेका छन् छविले । छवीले एकसाथ ५ वटा फिल्म बनाउने तयारी गरेको दाबी गरेका छन् ।

आँफु चुप लागेर नबस्ने भन्दै नयाँ फिल्मको छायांकन चाडै गर्ने उनको तयारी रहेको छ । स्रोतका अनुसार छवीले आफ्नो नयाँ फिल्ल्ममा नयाँ कलाकारहरुसँग काम गर्ने तयारी गरेका छन् ।

Comment