Video

चामलको बोरा बोकेर सहयोग गर्न मैदान उत्रिए रवि लामिछाने ( भिडियो हेर्नुहोस् )

काठ्माडौ / देशमा लकडाउन चलिरहेको समयमा बिभिन्न ठाउबाट हिड्दै आयर चन्द्रागिरीमा अलपत्र परेका नेपालीलाई सहयोग गर्न रबि लामिछाने यतीबेला राहात बोकेर चन्द्रागिरी पुगेका छन।

रवि लामिछाने संगै कार्यक्रम सिधा कुरा जनता संग का प्रड्युसर दिपक बोहोरा र रबि लामिछानेकी श्रिमती निकिता पौडेल पनी यतिबेला उनि संगै चन्द्रागिरी पुगेकि छिन ।

यो संग सामाजिक सञ्जाल फेसबुकमा रबिको एउटा भिडियो यतिबेला खुब भाईरल बनेको छ । उक्त भिडियो थुप्रैले शेयर गर्दै रबिलाई धेरैले धन्यवाद दिएका छन।उक्त भिडियोमा रवि आफै चामलको बोरा बोकेर हिडिरहेको देखिन्छन ।

हेर्नुहोस उक्त भिडियो//

अन्य समाचार : भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले आज थप एक सय जना स्थानीयको स्वाप नमुना संकलन गरेको छ । सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो र आज गरी दुई सय ५२ जनाको स्वाप संकलन गरेको हो ।

१३ जना कोरोना संक्रमित फेला परेपछि भुल्केलाई संघ र प्रदेश सरकारले स्वास्थ्यकर्मीको टोली खटाएर स्थानीयबासीको स्वाव नुमना संकलन गरेको हो ।

सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो एक सय ५२ जनाको स्वाव नमुना संकलन गरेको थियो भने आज थप एक सय गरी दुई सय ५२ जनाको स्वाव नमुना संकलन गरेर काठमाण्डौँ लगेको सहायक जिल्ला अधिकारी भिम भट्टराईले जनाकारी दिए ।

प्रदेशले गत शनिबार ६० जना स्थानीय, ५ सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मी गरी ६९ जनाको स्वाव नमुना संकलन गरेको थियो ।

मस्जिदमा बसेका १२ भारतीय मुस्लिम समुदायका मानिस र चार नेपाली मुस्लिम समुदायका मानिस गरी १६ जनाको स्वाप परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको थियो । सरकारले यहाँको संवेदनशीलतालाई मध्येनजर गर्दै सेनाको स्वास्थ्यकर्मी टोली परिक्षणमा खटाएको हो ।

Related Articles

Check Also
Close
Back to top button
Close