Wednesday, May 18

“नेपाल सार्‍है मन पर्छ, नेपाली केटीसंग विवाह गर्न सक्छु” – पवनदीप राजन (भिडियो सहित)

April 25, 2022 557

भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको “ईण्डियन आइडल २०२२” नामक कार्यक्रममा भर्खरै विजयी हुने भएका छन् पवन दीप।]उनै पवनदीपलाई आफ्नो कार्यक्रममा ल्याएर अन्तरवार्ता लिने अवसर प्राप्त गरेका छन् नेपालका चर्चित पत्रकार ऋषि धमलाले।पवनदीपले धेरैजसो त आफ्नो अन्तर्वार्ताका क्रममा नेपाली गीत गाए र उनलाई नेपालीमै प्रश्नगरेर उनको अन्तर्वार्ता लिएका थिए।

यद्यपि पवनदीपले आफू नेपाली बुझ्ने तर बोल्न केही कठिनाइ हुने भएका कारण हिन्दीबाट जवाफ दिएका छन्।कार्यक्रम अवधीभर धमलाले विशेषगरी पवनदीपको सांगीतिक यात्राको बिषयमा प्रश्न गरेका छन्।उनले धेरै समय अगाडि पनि आफ्नो बुबाले नेपाली लोक गीत समेत गएर बजारमा क्यासेट बेच्ने गरेको र बुबाकै नजिकमा बसेर कहिले हार्मोनी त कहिले अन्य सांगीतिक बाद्धबाधन बजाउँदै आफ्नो सांगीतिक यात्रा थालनी गरेको बताएका छन्।

पवनदीपले आफूलाई इण्डियन आइडलमा निजयी गराउने धेरै शुभचिन्तकहरू मध्ये विभिन्न देश विदेशमा रहनुभएको नेपालीहरूलाई पनि धन्यवाद दिएका छन् र विशेष सम्मान रहेको व्यक्त गरेका छन्।उनले भनेका छन्,कि संगीतको कुनै देश,भाषा,भेषभुषा जस्ता सीमा हुँदैन।तसर्थ यो सबैको साझा सम्पत्ति र साझा बिषय रहेको पनि प्रष्ट पारेका छन्।

उनलाई नेपाल बहुत मन परेको र नेपालमा रहेको सगरमाथा बिशेषगरि हेर्न र जान समेत मन परेको बताएका छन्।उनले अन्तरवार्ताकै क्रममा आफूलाई मुस्ताङ पनि जान मन लागेको बताएका छन्।नेपाल र भारतबीच चल्दै आएको रोटीबेटी सम्बन्धको बारेमा पनि स्मरण गरेका छन्।कुनै समय भारतीय आइडलमा भाग लिने नेपालकै प्रशान्त तामाङ थिए र अन्त्यमा उनैले इण्डियन आइडलको प्लाटफर्ममा नेपालीहरूको अत्याधिक भोटले बिजय भएका थिए।

उक्त कार्यक्रमामा भाग लिने उनी पहिला भारतीय प्रहरिका जवान पनि हुन । प्रशान्तका पिताको प्रहरिमै रहेक बेला सवारी दु’ र्घ टना मा नि’धन भएपछी उनलाई कोलकाता प्रहरिमा उक्त जागीर गर्ने अवसर प्राप्त भएको थियो । प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भयो र प्रशान्तको घरमा हजुरआमा, आमा र एक बहिनी छन । जिन्दगीमा कहिलेपनि औपचारिक रूपमा संगीतको शिक्षा हासिल नगरेका प्रशान्तले प्रहरिमा अकेस्ट्रामा भाग लिने गर्थे । [२] शान्त स्वभावका प्रशान्तले साथीहरूको अनुरोधमा ईण्डियना आइडलको कोलकाता अडिशनम भाग लिएका थिए ।

Comment