Saturday, May 21

अभिनेत्री स्वस्तिमा खड्काले मेयरका उम्मेदवार बालेनको समर्थन गर्दै यस्तो भनिन् …

April 25, 2022 369

अभिनेत्री स्वस्तिमा खड्का काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहको समर्थनमा उभिएकी छन्। उनले आफ्नो फेसबुकमा ‘भोट फर बालेन’ ह्यासट्यागसहित बालेनले सार्वजनिक गरेको घोषणापत्र सेयर गरेकी छन्।

स्वस्तिमाले बालेन स्वतन्त्र उठेको र युवा पनि भएकाले आफूलाई उक्त कुरा मन परेको बताइन्। स्वस्तिमाले भनिन्, ‘मुख्य कुरा उहाँ स्वतन्त्र उठ्नुभएको छ। मेयरको पद भनेको राजनीतिक हुनुहुँदैन। अर्को कुरा हामी आफैं पनि युवा नेतृत्व हुनुपर्छ भनेर कुरा गर्छौं।

त्यसैले एउटा युवा नेतृत्वमा आउन खोजिराख्दा समर्थन गरेको हो।’उनले आफूलाई बालेन शाहको योजनाहरू पनि मन परेको बताइन्। बालेनको योजनाहरू अन्य राजनीतिक दलले बाँडेको सपनाजस्तो नभएको उल्लेख गर्दै उनले भनिन्, ‘उहाँको योजनाहरू हेर्दा व्यवहारिक नै देखिएको छ। अरू राजनीतिक दलहरूको जस्तो स्वीट्जरल्यान्ड, सिंगापुर बनाउँछु भन्ने खालको छैन।’

स्वस्तिमाले अहिलेसम्म आएका नेतृत्वहरूले अपेक्षा अनुसार काम नगरेको भन्दै अब मतदाताहरूले पनि सोच्नुपर्ने बेला आएको जनाइन्। अहिले पदमा आउनेहरू विकास भन्दा राजनीति बढी गर्ने गरेको बताउँदै उनले भनिन्, ‘देश आजको भोलि परिवर्तन गर्नुपर्छ भन्ने होइन तर पदमा आएपछि त्यहाँ राजनीति कम विकास बढी हुनुपर्यो।’

Comment