Video

ज्यान नै दाउमा राखेर ६ दिन ५ रात लगातार हिँडेका युवा भन्छन्- यस्तो दुख अरु कसैलाई नपरोस (भिडियो सहित)

काठमाडौं : आपत् विपद्मा सबैले सम्झने घर र परिवार नै हो । सँगै भए जसरी पनि बसौँला भन्दै काठामाण्डौ उपत्यकामा बसेका धेरै जना यो विपद्को बेला परिवार र घर सम्झँदै गाउँ गएका छन् । लक डाउन अनिश्चित बनेपछि सडकमा देशका मुख्य शहर छाडेर घरतिर हिँड्नेहरूको ताँती छ ।

खासगरी काठमाडौंका ज्याला मजदुरहरू बाँच्नै गाह्रो भएपछि ज्यान नै दाउमा राखेर सयौँ किलोमिटर पैदल हिँड्न बाध्य छन् । यसैगरी काठमाडौंबाट ६ दिन ५ रात लगाएर उदयपुर आइपुगेका दुई युवक शनिबार बेलका नगरपालिका-९, रामपुरमा भेटिए। ६ दिन मा जम्मा एक रात मात्र सुतेको बताउने मेगेन्द्र श्रेष्ठ भोजपुरकाे घाेरेटार तथा १८ वर्षीय अमृत बस्नेत सुनसरीको बराहक्षेत्र नगरपालिका, बांगेस्थित घर हिँडेका हुन् ।

६ दिनमा उनीहरूले दुई छाक’ मात्र भात खान पाए । काठमाडौंले चेतायो, अब गाउँमै केही गर्छु हिडेर उदयपुर पुगेका एक युवकले बताए । आफुले धेरै दुख पाएको र अरु कसैले यस्तो दुख नपरोस उनले भिदियिमा भनेका छन । काठमाडौंबाट उदयपुर सम्म आउँदाका भोगाइबारे नवराज कुँवरले गरेकाे कुराकानी माथिकाे भिडियाेमा हेर्न सकिन्छ । भिडीयो यहाँ लिंकमा छ ।

काठमाडाैंबाट भाेजपुरतिर हिँड्दै जाँदा…

यसपछि शिलपत्रकर्मीको सहयोगमा आइतबार सहज ढंगले दुवै युवक आ-आफ्नो घर पुगेका छन् ।

Gepostet von Shilapatra am Sonntag, 19. April 2020

Related Articles

Back to top button
Close