April 25, 2022 566
काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ झन् घटेको छ ।
आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ आज सोमबार पनि तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही सुन १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुन पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १३ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
Comment