News

काजोलकी छोरीलाई कोरोना भएको भन्दै झुटो खबर फैलिएपछि ..

काठमाडौं – विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोनाभाइरसका कारण अहिले भारतिय फिल्मी बजार पनि ठप्प भएको छ । भारतमा कोारेनाको संक्रमणबाट मानिसहरुको मृत्यु हुन थालेपछि गरिएको लकडाउनका कारण धेरै कलाकार घरबाहिर निस्कन पाएका छैनन् । लकडाउनकै कारण रिलिज हुन लागेका र सुटिंग भइरहेका फिल्म रोकिएका छन् । यस्तो अवस्थामा केही समयदेखि बलिउडकी चर्चित अभिनेत्री काजोल पनि तनावमा छिन् ।

केहि समयअघि उनकी छोरी न्यासालाई कोरोना संक्रमण भएको खबर फैलिएको थियो । सिंगापुरबाट भारत आएका आमा छोरीलाई केहि दिन पहिले एक अस्पतालमा देखिएपछि विभिन्न शंका हुन थाल्यो । उनको छोरीलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भयो । तर भारतिय मिडियाले भने उनकी छोरीलाई कोरोनाको संक्रमण नभएको बताए । झुटो खबर फैलिएपछि अजयले पनि सबै जना भ्रममा परेको बताए ।

उनले ट्वीट गर्दे लेखे –‘हाम्रो परिवारको बारेमा चिन्ता गर्नु भएकोमा धन्यबाद । काजोर र न्यासा एकदम ठिक छन् । उनीहरुलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको छ त्यो झुठो र आधारहीन छ ।’

Related Articles

Back to top button
Close