Friday, May 20

यी ८ अभिनेत्रीका अश्लिल भिडियो लिक, कसको कस्तो छ ?

April 24, 2022 652

काठमाडौं । भारतको भोजपुरी चलचित्र उद्योग फेरि एक पटक निजी भिडियो लीकका कारण चर्चामा छ ।

केही दिन अघि उद्योग जगतकी चर्चित गायिका शिल्पी राजको एमएमएसले सामाजिक सञ्जालमा आतंक मच्चाएको थियो ।

यस भिडियोमा शिल्पी राज आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिएकी थिइन् । भिडियो भाइरल भएपछि शिल्पी राजले मानिसहरुसँग सेयर नगर्न अपिल गरेकी छिन् ।

तर, चलचित्र क्षेत्रमा यो पहिलो पटक भने होइन । यसअघि पनि धेरै अभिनेत्रीको निजी एमएमएसले इन्टरनेटमा हंगामा मच्चाइ सकेको छ । उनीहरुको बारेमा आज हामी जानकारी गराउन गइरहेका छौँ ।

भोजपुरी अभिनेत्री त्रिशाकर मधुको एमएमएस अगस्ट २०२१ मा भाइरल भएको थियो । त्यस भिडियोमा अभिनेत्री एक पुरुषसँग आपत्तिजनक अवस्थामा देखिएकी थिइन् । उक्त भिडियोले इन्टरनेटमा आतंक मच्चाएको थियो, त्यसपछि मधुले यो भिडियो शेयर नगर्न मानिसहरूसँग अपिल गरिन् । त्यस क्रममा उनले यो भिडियोलाई बाल्यकालको भएको भन्दै वर्णन गरिन् ।

भोजपुरी अभिनेत्री प्रियंका पण्डित पनि आफ्नो एमएमएस लीकका कारण चर्चामा रहेकी छिन् । भिडियो भाइरल भएपछि उनले धेरै आलोचना खेप्नु परेको थियो । त्यसपछि उनले स्पष्टीकरण दिँदै एउटा भिडियो सार्वजनिक गरेकी थिइन्, जसमा प्रियंकाले भनिन्, ‘मेरो छवि खराब गर्ने प्रयास भइरहेको छ । भाइरल भिडियो मेरो होईन् । त्यो केटी म जस्तो मात्र देखिन्छ । भिडियो पनि पुरानो हो ।’

जब अभिनेत्री करिना कपुर र अभिनेता शाहिद कपुर एकअर्कालाई डेट गरिरहेका थिए, उनीहरुको एउटा भिडियो लिक भएको थियो । त्यो भिडियोले इन्टरनेटमा हंगामा मच्चाएको थियो । भाइरल भिडियोमा करीना र शाहिदले ओठ चुम्बन गरेको देख्न सकिन्छ । तर, आजको समयमा दुवै आ–आफ्ना जीवन साथिसँग वैवाहिक जीवनमा खुसी छन् ।

अभिनेत्री मल्लिका शेरावत बलिउडकी बोल्ड अभिनेत्री हुन्, जो फिल्ममा आफ्नो बोल्ड र हट दृश्यका कारण चर्चामा रहने गर्छिन् । उनको पनि एउटा एमएमएस पनि भाइरल भएको थियो । जसकारण मल्लिकालाई निकै अप्ठेरोको सामना गर्नु परेको थियो ।

मोना सिंह सिरियलसँगै फिल्ममा पनि देखिने चर्चित अभिनेत्री हुन् । मोनाको २३ सेकेण्डको भिडियोले इन्टरनेटमा धमाका मच्चाएको थियो, जसमा उनी नग्न अवस्थमा देखिएकी थिइन् । तर, त्यतिबेला अभिनेत्रीले सार्वजनिक रूपमा भिडियोमा देखिएकी महिला आफू नभएको बताएकी थिइन् ।

पाकिस्तानी अभिनेत्री वीणा मलिकको नाम पनि यो सूचीमा आउछ । अभिनेत्रीको एक निजी भिडियो सामाजिक सञ्जालमा भाइरल भयो, जसमा उनी अभिनेता रञ्जन वर्मासँग देखिएकी थिइन् । बिग बोसको घरमा पनि वीणा मालिक र अश्मित पटेलको रोमान्सको निकै चर्चा भएको थियो ।

दक्षिण भारतीय चलचित्र टलिउडकी चर्चित अभिनेत्री हन्सिका मोटवानी पनि यसमा पर्छिन् । उनले सानै उमेरमा अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन् । हन्सिका पनि एमएमएस स्क्यान्डलको सिकार भइन् । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो, जसमा एक युवती बाथटबमा नुहाउँदै गरेको देखिन्छ । ती युवती हन्सिका मोटवानी भएको दाबी गरिएको थियो, तर हन्सिकाले त्यो भिडियो नक्कली भएको बताएकी थिइन् ।

चर्चित अभिनेत्री कट्रिना कैफको नाम पनि यस सूचीमा परेको छ । सन् २०१४ मा कट्रिना कैफको एउटा भिडियो भाइरल भएको थियो । त्यो भिडियो हेरेर फ्यानहरु छक्क परे । तर भिडियो भाइरल भएपछि अभिनेत्रीले सम्पूर्ण कुरा स्पष्ट गर्दै उक्त भिडियोलाई नक्क्ली भनेकी थिइन् ।

Comment