News

बिक्री नभएपछि काउली, बन्दा गाईलाई खुवाउँदै किसान

भक्तपुर – चाँगुनारायण नगरपालिका वडा नम्बर ९, ताथलीका सानुभाई गिरीले बारीमा लगाउनुभएको काउली, बन्दा र फर्सी बिक्री नभएपछि गाईलाई खुवाउन थाल्नुभएको छ। बारीमा फलेको तरकारी बजारमा लैजाने अवस्था नभएपछि गिरी ले घरमा पालेका तीनवटा गाईलाई खान दिन थाल्नुभएको हो । गिरीले मात्रै होइन, यो ठाउँका धेरै किसानले बिक्री गर्न नपाएपछि तरकारी काटेर गाईलाई खुवाउन थालेका छन् ।

अधिकांशको घरमा एकदेखि तीनवटासम्म गाई रहेको र तरकारी स्थानीय स्तरमा समेत खपत नहुँदा उनीहरुले गाईलाई खुवाउन थालेका छन् । लक डाउनको कारण सवारी साधन नचल्ल्दा र बजार पनि नखुलेकाले तरकारी बजारमा लान नपाएको गिरीको भनाइ छ । गिरी भन्नुहुन्छ, ‘गतवर्ष एक लाखको तरकारी बिक्री गरियो । यस वर्ष बिक्री गर्ने बेलामा कोरोनाको कारणले लकडाउन हुँदा तरकारी बिक्री गर्न पाइएन ।

त्यसैले तरकारी गाईलाई खुवाउन थालेका छौँ ।’ तरकारी मात्रै होइन, घरमा पालेको गाईको दूध समेत बिक्री गर्न नपाएको उहाँको गुनासो छ। दैनिक ११ लिटर दूध बिक्री गर्दै आउनुभएको गिरीले गाईलाई दाना नहुँदा दूध घटेको र लक डाउन सुरु भएपछि ठेके दारले दूध लिन छोडेको उहाँले बताउनुभयो । यहाँका अधिकांश किसानले तरकारी र दूध बिक्री नहुँदा दोहोरो नोक्सानमा परेको गुनासो गर्छन् ।

स्थानीय श्याम खत्री दूध र तरकारी बिक्री नहुँदा साना किसान दोहोरो मारमा परेको बताउनु हुन्छ। भक्तपुरका ताथली, सुडाल, वागेश्वरी, नगरकोट, छालिङ्ग, चाँगु र सिपाडोल लगायतका किसानहरु दूध र तरकारी बिक्री गर्न नपाउँदा समस्यामा परेका छन् । सर कारले राहत कार्यक्रम ल्याएपनि साना किसानसम्म नपुगेको यहाँका किसानको गुनासो छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ८, सिपाडोलका कान्छा श्रेष्ठ घरमा तरकारी खेती र दूध भएपनि बिक्री नहुँदा एक लाख भन्दा बढी नोक्सान भएको बताउनु हुन्छ । ‘सरकारले राहत दिन्छ भन्ने सुनेको छु । राहत आयो भने पनि हामीजस्ता साना किसान सम्म आइपुग्दैन जस्तो लाग्छ । पहुँच हुनेकोमा राहत पुग्ला । हामी साना किसानलाई नोक्सानको नोक्सान नै हुने भयो,’ श्रेष्ठले भन्नुभयो ।

मध्यपुरथिमि नगरपालिकाको नगदेशका कृषक रामप्रसाद प्रजापति हरियो तरकारी बिक्री गर्न नपाउँदा समस्यामा छन् । हरेक वर्ष रायो साग, चौम्सुर, पालुङ्गो, मेथी, धनियाँ र लसुन बिक्री गर्दै आउनुभएका उहाँ यस वर्ष कोरोनाको कारण तरकारी खेर गएको बता उनु हुन्छ । उहाँ मात्रै होइन, नगदेशमा तरकारी खेती गर्ने सिङ्गो बस्ती यतिखेर तरकारी हेरेर मन कुटुक्क काट्नबाहेक केही गर्न नसक्ने अवस्थामा छन् । नगदेशमा उत्पादन भएका तरकारी कोटेश्वरदेखि कालीमाटीसम्म बिक्री हुने गर्दथ्यो ।

तर यसवर्ष कोरोना भाइरसको कारण तरकारी खेतमै खेर जान थालेको छ । लक डाउनको कारण खेतमा भएको तरकारी बजारमा लैजान नपाएको सुमन श्रेष्ठ बताउनु हुन्छ । लसुन छिप्पिन थालेको बताउँदै उहाँले अरु हरिया तरकारी समेत खेर जान थालेको बता उनु हुन्छ । स्थानीय बजारमा भारतबाट आयात भएका तरकारी भएकाले समेत स्थानीय तरकारी बिक्री नभएको किसानहरुको भनाइ छ । उज्यालो अनलाईनमा रमेश गिरीले लेख्नु भएको छ ।

Related Articles

Back to top button