Tuesday, May 17

१० दिनमा केजीएफ- २ ले भारतमा मात्र कमायो ३ सय करोड, विश्वव्यापी कमाई कति ?

April 24, 2022 351

गत अप्रील १४मा प्रदर्शमा आएको दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ । भारतमा मात्रै नभइ विश्वव्यापी रुपमा पनि आक्रामक कमाइ गरेको छ ।

वर्षकै सबैभन्दा बृहत रिलिज बताइएको ‘केजीएफ-२’ले पहिलो दिनमै बक्स अफिसमा ८० प्रतिशत बराबरको ओपनिङ गरिरहेको थियो ।

ओपनिङ विकेन्ड कलेक्सनमा ‘केजीएफ-२’ले निर्देशक एसएस राजामौलीको अघिल्लो फिल्म ‘बाहुबली २’लाई समेत उछिनेको छ । पहिलो सप्ताहन्त ‘केजीएफ-२’को हिन्दी डब भर्सनले भारतीय बक्स अफिसमा १९३.९९ करोड भारु कमाएको थियो ।

यसअघि ‘बाहुबली-२’ १२८ करोड भारु कमाउँदै हिन्दी भाषामा डव गरिएका सबै फिल्ममध्ये बढी कमाउने फिल्म बनेको थियो ।

यस्तै प्रदर्शनको १० दिनमा आइपुग्दा फिल्मले भारतमा मात्र ३ सय करोडको व्यापार गरेको छ । यस्तै फिल्मले विश्वव्यापी रुपमा ८ सय करोडको कमाइ गरेको भारतीय संञ्चारमाध्यमले जनाएका छन् ।

Comment