Friday, May 20

अभिनेता विक्की कौशलसँग बिहे गरेपछि किचनमा ब्यस्त छिन् अभिनेत्री कैटरिना कैफ

April 24, 2022 405

एजेन्सी बलिउडको सबैभन्दा मनमोहक जोडी मध्ये एक कट्रिना कैफ र विक्की कौशलले आफ्नो वैवाहिक जीवनको हरेक पल रमाइलो गरिरहेका छन् । यो सुन्दर यात्रामा कट्रिना विक्कीको साथमा हरेक सेकेन्ड बिताइरहेकी छिन् । अहिले उनले इन्स्टा स्टोरीमा श्रीमान् विक्कीका लागि बनाइएको ब्रेकफास्टको तस्बिर सेयर गरेर आफ्नो माया व्यक्त गरेकी छिन् ।

तस्बिर सेयर गर्दै कट्रिनाले लेखेकी छिन्,– पतिको लागि आइतवारको ब्रेकफास्ट, मैले बनाएको छु । यो पोस्टबाट कट्रिना विक्कीसँग निकै खुसी छिन् भन्ने स्पष्ट हुन्छ । बिहेपछि पहिलो पटक भान्साको संस्कार ससुरा घरमा गरिन् । कट्रिनाले आफ्नै हातले बनाएको हलवाको तस्बिर सेयर गरेकी थिइन्, जसमा विक्कीले उनको स्वादको प्रशंसा गरेका थिए ।

विक्की र कट्रिना हालै आफ्नो हनिमुनबाट फर्किएका छन् । यो जोडीले आफ्नो गोप्य स्थानबाट तस्बिर सेयर गर्ने गर्दथे । कालो मोनोकोनीमा कट्रिनाले आफ्नो यात्राका केही तस्बिर सेयर गरेकी छिन् । उनका यी तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । कट्रिनाका ससुरा श्याम कौशलले पनि बुहारीको पोष्ट मन पराएका छन् । विक्की र कट्रिनाको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, विक्कीसँग अहिले धेरै फिल्महरू पाइपलाइनमा छन्।उनी सारा अली खानसँग लक्ष्मण उतेकरको अनटाइटल फिल्ममा काम गर्दैछन् । केही समयअघि इन्दौरका विक्की र साराको तस्बिर पनि भाइरल भएको थियो ।

यो पनि -राष्ट्रिय टेबुलटेनिस हुने:स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।

आगामी जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले सहभागिता जनाउने छन् ।

पूर्वराष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा हुने प्रतियोगितामा जुनियर पुरुष एकल, जुनियर महिला एकल, क्याडेट पुरुष एकल, क्याडेट महिला एकल, पुरुष एकल ९१२ वर्ष मुनि०, महिला एकल ९१२ वर्ष मुनि०, पुरुष भेट्रान एकल ९४० वर्षमाथि०, पुरुष भेट्रान एकल ९५० वर्षमाथि० र पुरुष भेट्रान एकल ९६० वर्षमाथि० गरी नौ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

पुरुष÷महिला तथा क्याडेट पुरुष÷महिलातर्फको विजेताले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र सेमिफाइनलमा पुग्नेले रु पाँच हजार पाउने छन् । त्यसैगरी १२ वर्ष मुनि पुरुष एकल तथा महिला एकल विधा र भेट्रानतर्फको विजेताले रु १० हजार, दोस्रो हुनेले पाँच हजार र सेमिफाइनलमा पुग्नेले रु दुई हजार ५०० पाउनेछन् ।

Comment