Wednesday, May 18

किन्नै नसकिने भयो सुन, तोलाकै एक लाख ५०० पुग्यो

April 24, 2022 189

काठमाडौ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ९०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३१ डलर आसपास कारोबार भइरहेको छ ।

यो पनि (फूलबारीमा फोरजी टावरस्दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ । फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र भए पनि ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त भएको बताउनुभयो ।

यसअघि त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुन्थ्यो । फोन गर्न डाँडकाँडा पुग्नुपथ्र्यो । अब भने घर–घरबाटै फोन गर्न सकिने स्थानीय अगुवा दीपशिखा घर्तीले बताउनुभयो । फूलबारी तुलसीपुर विकट वडाका रूपमा लिइन्छ । त्यहाँ दुई वर्षअघि टेलिकम टावर निर्माण पूरा भएको थियो ।

Comment