News

नेपालगन्जमा आइसोलेसनमा मृ’त्यु भएकालाई को’रोना नभएको पुष्टि

नेपालगन्ज, बैशाख ८ । नेपालगन्ज मेडिकल कलेजमा को’रोनाको आशंकामा आइसोलेसनमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १० का ४२ बर्षीय इसराइल बेहानाको मृ’त्यु को’रोनाको कारण नभएको पुष्टि भएको छ ।भेरी अस्पतालमा पिसिआर विधिबाट गरिएको स्वा’ब परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बेहनाको मृ’त्यु कोरोनाबाट नभएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । द’मका वि’रामी बेहनाको अस्ति विहान मृ’त्युु भएको थियो ।

त्यस्तै श्रीमतीले चि’र्पटले हान्दा घा’इते भएर नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृ’त्यु भएका प्युठान घर भई दाङ बस्दै आएका गुमानसिंह अधिकारीको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उहाँ केही समय अघि मात्र भारतबाट आएकाले को’रोना परिक्षण गरिएको हो ।भेरी अस्पतालको पिसिआर मेसिनबाट परिक्षण गरिएका अन्य ७ जनाको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालका मे’डिकल सुपरिटेण्डेण्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो । भेरी अस्पतालमा हिजोदेखि को’रोना परिक्षण सुरु भएको हो ।

Related Articles

Back to top button