Monday, May 16

पोखराबाट अचम्मका युवक पक्राउ

April 24, 2022 567

कास्की प्रहरीले पशु सम्बन्धी कसुर गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्वर -१९ निवासी २३ वर्षीय सुदिप परियारलाई प्रहरीले पशु सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्किका अनुसार परियारले पोखरा -१६ जोगिमणी मार्ग स्थित सार्वजनिक स्थानमा कुकुरको घाँटिमा प्लास्टिकको डोरीले पासो लगाई रुखमा झुण्ड्याएर मारी सेती नदिको खोँचमा फालेका थिए । साथै, उनले उक्त घटनाको भिडियो समेत बनाएर सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थिए ।

पशु सम्बन्धी कसुर गरी उक्त अपराधको भिडियो फेसबुकमा पोष्ट गरेको भन्ने सूचना पश्चात अनुसन्धानमा खटिएको कास्की प्रहरीको टोलिले परियारलाई बिहीवार पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट वरामद गरेको मोवाइल तथा उनले चलाउंदै आएको फेसबुकमा समेत उक्त भिडियो पोष्ट भएको अवस्थामा फेला पारेको छ ।

पक्राउ परेका उनिमाथि जिल्ला अदालत कास्कीबाट पशुपंक्षी सम्बन्धी कसुरमा ९ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comment