Saturday, May 21

इन्डियन आइडल विजेता पवनदीप राजन काठमाडौंमा

April 24, 2022 332

काठमाडौं । इन्डियन आइडल–२०२१ विजेता पवनदीप राजन नेपाल आइपुगेका छन् । यही वैशाख ११ गते (भोलि) लर्ड अफ ड्रिंक्स (एलओडी)मा आफ्नो विशेष सांगीतिक प्रस्तुति प्रस्तुत गर्नका लागि पवनदीप काठमाडौं आइपुगेका हुन् ।

शनिबार काठमाडौं आइपुगेका गायक पवनदीपले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यक्रममा बलिउड गीत र केही नेपाली गीत गाउने बताएका छन् । इन्डियन आइडल बन्नुमा नेपालीहरुको धेरै सपोर्ट रहेको उल्लेख गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘नेपालबाट पनि यति धेरै माया पाएको छु कि सबैलाई धन्यवाद । पहिलो पटक नेपाल आएको छु पर्फम गर्नका लागि । तपाईहरुलाई मनोरञ्जन दिन सक्दो कोसिस गर्नेछु ।’गायक पवनदीपको सांगितिक प्रस्तुति हेर्न उल्लेख्य संगीत पारखीहरुले टिकट लिएका आयोजकले बताइएको छ ।

रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीपको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ ।जानकारी अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ ।

यो पनि – साउथका सुपरस्टार यशको ‘केजीएफः च्याप्टर २’ले राम चरण र जुनियर एनटीआर स्टारर् ‘आरआरआर’लाई कडा टक्कर दिइरहेको छ । एसएस राजामौली निर्देशित ‘आरआरआर’ले विश्वभर ११ सय करोडको कलेक्शन गरेको थियो ।

यसैबीच अभिनेता यश र सञ्जय दत्त स्टारर् ‘केजीएफः च्याप्टर २’ दर्शकमाझ रिलिजमा आएको १० दिन भइसक्दा पनि उत्तिकै क्रेज देखिएको छ ।यो फिल्मले छिट्टै १५ यस करोडको आँकडा पार गरेर नयाँ कीर्तिमान कायम गर्ने आँकलन गरिएको छ ।त्यसो त, ‘आरआरआर’ बनाउन ५५० करोड लागत लागेको थियो ।

तर, केजीएफ २ भने १५० करोडमा नै सम्पन्न गरिएको बताइएको छ ।केजीएफ २ रिलिज भएसँगै भारतमा मात्रै नभई विदेशमा पनि फिल्मलाई लिएर मानिसहरु उत्तिकै क्रेजी भएका छन् । अहिले बक्सअफिसमा केजीएफ २ को जादू नै चलेको छ । अहिले सम्म यो फिल्मले ७५० करोड कमाइसकेको छ ।

अब फिल्मले छिट्टै आरआरआरलाई टक्कर दिने आँकलन गरिएको छ ।केजीएफ २ मा यशसँगै रविना टण्डन, श्रीनिधि शेट्टी र सञ्जय दत्त पनि मुख्य भूमिकामा देखिएका छन् । यो फिल्म १४ अप्रिलबाट कन्नड, तमिल, तेलुगु, हिन्दी र मलायालम भाषामा रिलिज भएको छ ।

Comment