International

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय १९ पुग्यो, महाराष्ट्रमा मात्र ३ हजार ६ सय बढी संक्रमित

काठमाडौं – विश्वव्यापी रप्मा फैलिएका कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार बेलुकासम्म भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय १९ जना पुगेको छ भने कोरोना संक्रमितको संख्या १२ ३ हजार २ सय ९५ पुगेको छ ।

त्यस्तै २ हजार ३ सय १ जना कोरोना संक्रमित बिरामी निको भइ घर फर्किएका छन् । भारतमा कोरोनाको प्रभाव सबैभन्दा बढी महाराष्ट्र, दिल्ली, गुजरात, राजस्थान लगायतमा बढी प्रभाव परेको छ । महाराष्ट्रमा मात्रै हालसम्म कोरोनाबाट २ सय ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ हजार ६ सय ५१ पुगेको छ ।

Related Articles

Back to top button
Close