Saturday, May 21

पल प्रकरणमा जोडिएकी जस्मिनले चालिन अर्को कदम

April 23, 2022 1613

काठमाडौं । महिला अधिकारका पक्षमा क्रियाशील अभियन्ता जस्मिन ओझाले पल शाह प्रकरणसँग जोडेर आफूमाथि सामाजिक सञ्जालमा गा’लीग’लौज र भ्रामक टिप्पणी गर्ने विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

आ’पत्तिजनक पोस्टहरूको स्क्रिन सट सहित उनले आज सा’इबर ब्युरोमा उजुरी दिएकी हुन् ।पल शाहविरुद्ध जाहेरी दिन ना बा लि ग गायिकालाई सहयोग गरेको भन्दै ओझामाथि भद्दा गा’लीग’लौजहरू भइरहेका छन् । आफ्नोबारे झुट्टा अ’फवाह फैलाउने तथा गा’लीग’लौज गर्नेहरूमाथि आवश्यक कारबाहीका लागि प्रहरीमा पुगेको ओझाले बताइन् ।

‘अदालतभित्रका संवेदनशील बहसहरू पनि युट्यूवमा प्रसारण गरेर ममाथि भ्रामक र कपोलकल्पित आरोपहरू लगाउने तथा तीनै भिडियोका आधारमा ममाथि अनर्गल टिप्पणीहरू गर्ने क्रम असह्य रूपमा बढेको छ,’ उनले भनिन्, ‘आशा छ, प्रहरीले यसमा संलग्नहरूलाई चाँडोभन्दा चाँडो कानूनी दायरामा ल्याउने छ ।’

ना बा लि ग गायिकाले आफूमाथि भएको यौ न उ’त्पीडनका बारमा सुनाएपछि उनलाई कानूनी उपचारमा जान सघाएको ओझाको भनाइ छ । तर, पछि अदालतमा पी’डितले बयान बदलेर अरूले उक्साएको भरमा जाहेरी दिएको बताएपछि आफूलाई नि’शाना बनाइएको उनले गुनासो गरिन् ।

आफूले पी’डितकै आग्रहमा उनलाई साथ दिएको भन्दै ओझाले अदालतले दिने फैसला नै सर्वोपरि हुने बताइन् ।‘आफूमाथि यौ न उ’त्पीडन भयो भनेर एउटा ना बा लि ग ले सहयोग मागेपछि कानूनको विद्यार्थीको नाताले सकेको सहयोग गरेको हुँ, अन्यथा यो मुद्दामा मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन,’

उनले भनिन्, ‘मलाई ला’ञ्छित गर्नुको साटो अदालतको फैसलाको प्रतीक्षा गर्न सबैसँग अपिल गर्दछु ।’अहिले अदालतमा वि’चाराधीन मुद्दा भएकाले धेरै नबोल्ने भन्दै उनले समय आएपछि सबै यथार्थ सप्रमाण सार्वजनिक गर्ने पनि बताएकी छन् ।

Comment