News

स्व. बुबालाई सम्झिदै बर्षा सिवाकोटीले लेखिन् मनछुने स्टाटस…

काठमाडौ, बैशाख ७ – चलचित्र “नाई नभन्नु ल २” बाट नेपाली फिल्म छेत्रमा पाईला टेकेकी नायिका बर्षा सिवाकोटीको एक स्टाटसले यतिबेला सामाजिक संजाल भरिएको छ । उनले आफ्ना स्वर्गमा भएका पिताका लागि भावुक स्टाटु लेखेकी छिन् । जुन यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ ।

उनले स्टाटसमा स्वर्गिय पितालाई संझदै त्यो कालो रात मेरा लागि कैलै पनि नआइ दिएको भए । उनले लेखेकी छिन् – छोरी का लागि सबै भन्दा विश्वासिलो पुरुष भनेकै बुवा हुन रे तर जब विश्वास को अर्थ बुझ्ने उमेर भएको थियो हजुर त छाडेर गै सक्नु भएको थियो … तर आफ्नो ठाउ मा मेरो अगाडि हजुर ले उभियाइ दिनु भएको त्यो आत्मबल , निष्ठा र आत्म सम्मान को छबि लाइ सधै एक्लै डोहोर्याइ हिडेका यि दुइ पाइला लाइ म कहिल्यै डगमगाउन दिने छैन…

भगवान को काख बाट यसरि नै सधै हजुर को आशीर्वाद बर्सि रहोस र परिवार प्रति हजुरले सुम्पिनु भएको जिम्मावारी लाइ सहज निर्वाह गर्न सकु… माया गर्ने मान्छे को याद मा समय बितेको त पत्तो नै नहुने रैछ… यि १० बर्ष कति चाडो बिते , थाहै भयन १ फेरि पनि लाग्छ वैशाख को त्यो कालो रात कहिल्यै नआइदिएको भए । उनले लेखेका मार्मिक शब्दले सबैको मन बिझाएको छ ।

दर्जजौ चलचित्रमा अभिनय गरेर चर्चा बटुलेकी उनि पछिल्लो समय चलचित्र प्रदेशी दुईमा फाइनल भएकी छिन् ।र लकडाउनको यो समयमा गरिव मजदुरलाई आर्थिक सहयोग गरेकी सिछन् । सडकमा भोक भोकै रहेका पशुपन्छिलाई खाना बाडेकी छिन् ।

Related Articles

Back to top button
Close