Tuesday, May 17

‘नाई नभन्नु ल ६’मा भित्रिइन् आँचल, बाहिरिए अनुभव : किन एक्कासी बाहिरिए अनुभव ?

April 23, 2022 482

काठमाडौं ।

‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् । विकास आचार्यले निर्देशन गर्ने फिल्ममा आँचलसँग मौखिक सहमती भइसकेको बताइएको छ ।

फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको निर्देशक आचार्यले बताए । फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर सुरु गरेकी आँच अन्नत नाइँ नभन्नु ल ६ मा पनि काम गर्न पाउने भएपछि खुशी भएकी छन् ।

नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिंदै आएका बालकलाकार अनुभव रेग्मी बढेका कारण फिल्ममा अभिनय गर्न नपाउन भएको बताइएको छ । फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु गरिने बताइएको छ ।

Comment