काठमाडौं :
काठमाडौंको पेप्सिकोलामा रोकिराखेको जिपमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोला स्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो ।
जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।
यस्तै झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय १९ बर्षीय दिपेश विष्ट रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो ।
विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ । फाइल तस्विर
Comment