News

चीनलाई अमेरिकाको अर्को चेतावनी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई चेतावनी दिँदै यदि उसले कोरोना भाइरसको संक्रमण जानी–जानी फैलाएको पाइयो भने त्यसको नतीजा भोग्नका लागि तयार रहन चेतावनी दिएको छ । ट्रम्पले कोभिड–१९ लाई लिएर चीनको रहस्यमय शैली, उक्त संक्रमणसंग सम्बन्धित तथ्यहरुको पारदर्शितामा कर्मी तथा प्रारम्भिक चरणमा अमेरिकासंगको असहयोगी भावनामाथि निराशा जनाएका हुन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसंग कुराकानी गर्दै ट्रम्पले भनेका छन्-‘यदि उनीहरुले जानी–जानी त्यसो गरेका रहेछन् भने त्यसको परिणाम भोग्नका लागि तयार रहून् । तपाईंलाई थाहा छ, तपाईं जिन्दगीहरुको कुरा गरिरहनु भएको छ, जस्तो कि सन् १९१७ देखि कोही पनि देखिएका छैनन् ।’ ट्रम्पले जति बेलासम्म कोभिड–१९ को संक्रमण सम्पूर्ण विश्वमा फैलिरहेको छ, त्यस अघिसम्म उनको चीनसंगको सम्बन्ध निकै राम्रो भएको स्मरण गरेका छन् ।

त्यसअघि राष्ट्रपति ट्रम्पले के भनेका थिए भने उनले चीनमा कोरोनाबाट हुने मृत्युको आँकडाप्रति विश्वास छैन र चीनमा अमेरिकामा भन्दा बढी मृत्युहरु भएका छन् । ट्रम्पले यो भनाइ त्यो बेला सार्वजनिक गरेका थिए, जब चीनले कोरोना भाइरसको केन्द्र मानिएको वुहानमा मृतकहरुको संख्यालाई अचानक ५० प्रतिशत वृद्धि गरिदिएको थियो ।

चीनसंग रिसाउनु स्वभाविक

चीनसंग व्यापार सम्झौता गरेको क्षणलाई स्मरण गर्दै ट्रम्पले भनेका छन्-‘जब हामी सम्झौता गरिरहेका थियौं, त्यो बेला सम्बन्ध निकै राम्रो थियो । तर अचानक तपाईंले यसका बारेमा सुन्नु हुन्छ, त्यसैले यो ठूलो अन्तर हो ।’ ट्रम्पले भनेका छन्–‘तपाईंलाई थाहा छ, के तपाईं चीनसंग रिसाउनु हुन्छ भनेर प्रश्न सोधिएको थियो…हेर्नुस् …यसको जवाफ जवाफ एउटा ठूलो हो हुनसक्छ, तर यो उनीहरुको व्यवहारमा भर पर्छ ।’

राष्ट्रपति ट्रम्पले एउटा गल्तिका कारणले चिजहरु नियन्त्रणभन्दा बाहिर जानु र जानी–जानी गरिएको काममा केही त अन्तर हुन्छ नै ।’ ट्रम्पले भनेका छन्-‘दुबै हालतमा उनीहरुले हामीलाई बताउनु पर्ने थियो । हामीले उनीहरुलाई प्रारम्भमै यसबारेमा सोधेका थियौं, तर उनीहरुले यसबारेमा केही पनि बताएनन् । मलाई लाग्छ उनीलाई केही नराम्रो भएको छ भन्ने कुराको जानकारी थियो र त्यसलाई बताउन उनीहरुलाई लाज लागिरहेको थियो ।’

राष्ट्रपति ट्रम्पको दावी छ-‘चीनले के चाहन्छ भने अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति जोए बिदेनले जितुन् । बिनेद डेमोक्रेटिक पार्टीबाटै राष्ट्रपतिका उम्मेद्वार हुन् । यदि जोए बिदेनले जिते भने अमेरिकामाथि चीनको कब्जा हुनेछ ।’ ट्रम्प भन्छन्—‘अमेरिकाको अर्थ व्यवस्था केही दिनमै सही ट्रयाकमा आउने छ ।’

अमेरिका यतिबेला कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १८ सय ९१ जनाको निधन भएको छ ।
अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुको संख्या ३८ हजारभन्दा बढी पुगेको छ । त्यहाँ ७ लाख ३४ हजार मानिसहरु यसबाट संक्रमित भएका छन् ।

Related Articles

Back to top button
Close