Video

प्रकाश सपुत ले सुनाए कतारको कथा ! केकी ले गीत गाउँदा पहिलो अन्तरवार्तामा नै हाँसो र रोदन (भिडियो

धौलागिरी अञ्चल बागलुङ जिल्लाको धम्जामा जन्मिएका प्रकाश सपूत पछिल्लो समय सांगीतिक क्षेत्रमा चम्किएका एक चम्किला तारा हुन् । बाल्यकाल देखिनै गाउन र नाच्नमा खुबै रुचि राख्ने सपूत घाँस दाउरा, मेलापात र गोठालोमा बासुरी बजाउँदै गीत गाएर यहाँसम्म आइपुगेको बताउँछन् ।

‘उनले बाल्यकालमा गाउँकै जनता प्राथमिक विद्यालयमा अध्ययन गरेका हुन्’। हजुरबुबा सँगै गाउँघरमा पुजनपाठमा भजन कृतन गाउँदै हुर्किएका सपूत, ‘अाफूले सांगीतिक बाताबरणमा बाल्यकाल बिताएको बताउँछन् ।’

प्रत्येक्ष दोहोरी प्रतियोगितामा भाग लिन रुचि राख्दै धेरै प्रतिस्पर्धाहरुमा सहभागी बनेर आफूलाई केही हदसम्म दोहोरी गाउन सक्ने केटो हो है भनेर चिनाउन सफल भएको उनी बताउँछन् । अौपचारिक रुपमा सांगीतिक यात्रा सुरु गर्न २०६७ सालमा घर छाडेका प्रकाश सपूतले राजधानी सम्म आएर गरेको संघर्षका कहानीहरु निकै नै लामो छ ।

उनको पहिलो गीत हो “बोले हुन्छ बरु मुख फोरेर-मुसु मुसु नहाँस मायाले खुसु खुसु दिल मात्र चोरेर” यो गीत सर्वाधिक हिट भयो अहिलेसम्म पनि प्रत्येक्ष दोहोरीहरुमा यो भाका सुन्न पाइन्छ ।

प्रकाश सपूतको दोस्रो गीत ‘गरिखाने जनतालाई गरिखान देउ’ बजारमा खासै चलेन त्यसपछि उनले क्रमस एल्बम हरु निकाल्दै जाँदा फेरि एकाएक मोडलिङमा जम्न थाले । एक समय गायक भन्दापनि मोडल प्रकाश सपूत भनेर चिन्ने जमात बढेपछि आफूलाई गायक भनेरै चिनिदिए हुन्थ्यो जस्तो लागेको बताउछन।

यतीबेला प्रकाश सपुत र नायिका के.की अधिकारीलाई संगै राखेर सिनेपाटी ले एउटा अन्तरवार्ता लिएको छ।जस्मा गायक प्रकाश सपुतले आफ्नो जिबनका भोगाईहरु निकै भाबुक हुँदै प्रस्तुत गरेका छन्। हेरौ उक्त भिडियो//

Related Articles

Back to top button