जिल्ला अदालत भित्र पाल शाह र पी*डित भनिएकी नाबालिका र केहि साक्षीहरू आएका छन्। पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ताले पल शाहले कहिले सम्म स”फाई पाउँछन् भन्ने बारेमा सोधिएको छ। हिजो बिहिबार गायक तथा मोडल दुर्गेश थापाको बक पत्र सकिएको छ।
पल शाहको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले लाई भित्र के भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ पल शाहको के*शको प्रमाण हरु बुझ्ने काम भइरहेको छ जसमा चै जाहिर वालाको सुरुमा बकपत्र भयो त्यसपछि नेपाल सरकारको तर्फबाट अनु*सन्धानका क्रममा रहनुभएका तीन जना साक्षी हरुको बकपत्र भएको छ जसमा वहाँ हरुले घट*ना भयो भनेर भनिएको कुरा सत्य होइन भन्नुभएकोछ।’
एकदम धेरैलाई चासो रहेको विषय गायक दुर्गेश थापाले कस्तो किसिमको बकपत्र गरे भन्ने बारेमा सोध्दा वरिष्ठ अधिवक्ता वाग्ले यसो भन्छन्,’ वहाँले जे हो सत्या कुरा बोल्नु भएको छ। यो घटना भएको होइन यसबाट पल शाह निर्दोष छन् । सामाजिक सञ्जालमा आएको कारण सवै जना भ्र*मित भएर यस्तो अवस्था आएको भनेर बताउनु भएकी छ।’
त्यस्तै अर्का पल शाहको तर्फ बाट साक्षी रहेका कलाकार रमन लाई अब हुने तपाईंको बकपत्रमा के बयान हुनेछ भनेर सोध्दा उनी यसो भन्छन्,’ बक पत्रमा सत्या कुरा जे हो त्यै हुनेछ। सत्य कुरा भन्दा बाहिरको कुरा गर्दिन मैले आँखाले जे देखेको छु त्यै कुरा गर्ने छु अदालतमा।’
त्यस्तै अर्का साक्षी लाई तपाईं पल शाहको विषयमा के भन्न चाहनु हुन्छ भनेर सोध्दा उनी यसो भन्छन्,’ अहिले हामीले जे समाचार सुनिरहेका छौ त्यो भनेको लाखौं लाख पल लाई मनपराउने दर्शकहरुका लागि खुसी को कुरा हो। पल भाई चाँडै बाहिर आएर काममा आएर समाज सेवा गरेर पहिलाको भन्दा पनि अझै राम्रो काम गर्ने ‘पल को इच्छा रहेको बताउँछन् उनी।
Comment