Tuesday, May 17

दुखद खबर, सिन्धुपाल्चोकमा म्यादी प्रहरीको प्रशिक्षणमा सहभागी भएर घर फर्केदै गरेका बस्नेतको भिरबाट लडेर ज्यान गयो

April 21, 2022 511

काठमाडौ । सिन्धुपाल्चोकमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ६ का ४० वर्षीय दुर्गासिं बस्नेत रहेका छन् । उनको बुधबार बेलुकी भिरबाट लडेर ज्यान गएको बताइएको छ ।

मेलचौरमा म्यादी प्रहरीको प्रशिक्षणमा सहभागी भएका उनि बिहीबार मृत फेला परेको प्रहरीको भनाइ रहेको छ । चौतारा नवलपुर सडक खण्डको डिलबाट करिव ४० मिटर तल दुर्गासिंको शव फेला परेको हो।प्रवक्ता डीएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए। अहिले बस्नेतकोशव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ ।

यो पनि पढ्नुहोस् -‘हेमबहादुर मल्ल सम्मान २०७६’ उपाध्यायलाई-यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान २०७६’ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यायलाई उक्त सम्मान प्रदान गर्ने जानकारी गराइएको हो । यो सम्मान बर्सेनि सार्वजनिक प्रशासन तथा व्यवस्थाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ ।

उपाध्यायले राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, नेतृत्व क्षमता प्रदान गर्नुभएको, सार्वजनिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्ता उल्लेखनीय योगदान पु¥याउनुभएको जस्ता काम गर्नुभएकाले कदरस्वरुप उक्त सम्मान प्रदान गर्ने निर्णय भएको हो ।

यो सम्मान छनोटका लागि पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र पूर्वसचिव जीवनप्रभा लामा सदस्य रहनुभएको थियो । उक्त सम्मान पाउने उपाध्याय सत्रौँ व्यक्ति हुनुहुन्छ । यसको राशि नगद रु दुई लाख रहेको छ ।

हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका संस्थापक प्रमुख कार्यकारी, प्रमुख डाइरेक्टर इञ्चार्ज, प्रमुख सल्लाहकार पदमा रहेर सेवा गर्नुभएको थियो ।

Comment