सुर्खेत-
कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो । धान दिवसको बिदा १५ असारमा जुम्लाबाहेकका नाै जिल्लामा मात्रै लागु हुनेछ भने जुम्लामा १२ चैतमा बिदा हुनेको छ ।
साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्लामा मात्र बिदा दिने निर्णय गरिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर बिदा सार्वजनिक गरेको हो ।
यो पनि,
भक्तपुको चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा भेटिएको छ। ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा बुधबार नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ।
करिब ३५/३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटना अनुसन्धान र शव पहिचानका लागि प्रयास सुरु गरेको जानकारी दिएको छ।
Comment