Wednesday, May 18

अन्ततः गायिका मेलिना राई र उनको हनेवाला श्रीमानलाई स्वीकार गर्यो किराँती समूदायले

April 21, 2022 955

काठमाण्डौ ।

पछिल्लो समय चर्चित गायिका मेलिना राईको सामाजिक सञ्जालमा चर्को आलोचना गरिएको छ । उनले आफ्नो जीवन साथी कथित दलित समूदायका सञ्जिव बराईलिलाई रोजेको भन्दै किराँत राई समुदायका केहीले उनको सार्वजनिक रुपमै सामाजिक सञ्जालमा चर्को आलोचना गरेका हुन् ।

राईकी छोरी भएर बराईलीलाई रोजेकोमा उनले आफ्नै समूदायबाट तृष्कारको व्यवहारसंग सामना गर्न परिरहेको अवस्थामा तिनै किराँत राई समूदायका केही अगुवाहरुले भने गायिका राईको रोजाईलाई स्वीकार गरेका छन् ।

उनीहरुले गायिका राईले गरेको निर्णयमा विभेद गर्नेपर्ने कुनै प्रकारको किराँती संस्कार र संस्कृतिको ठोस् इतिहाँस नभएको बताएका छन् । किराँत राई समूूदायका केही अग्रज व्यक्तिहरुले गायिका राई र उनले आफ्नो जीवन साथीको रुपमा चुनेको सञ्जिव बराईलीको पक्षमा आफुहरुको सकारात्मक धारण व्यक्त गरेका छन् ।

खासगरी राई समूदायले उनको निर्णय प्रति गरेको असन्तुष्ति भनेको किराँतिहरुको गौरव बोकेर आफ्नो संस्कार र संस्कृतिलाई अन्याय हुने गरी कुल, पितृ र सक्ुतुलुंग तीन चुलोमा राख्न नमिल्ने गरी गरिन लागेको अन्तरजातिय विबाह हो । नकि कथित सानो जात र ठूलो जातको कुनै प्रश्न नै हैन ।

किराँती समूदाय आफ्नो कुुल पितृ संस्कारमा समर्पित रहेपनि जातमा ठूलो सानो भन्ने सोंच त्यत्ति राख्दैन भन्छन् किराँत राई समूूदायका केही अग्रजहरु । गायिका राईलाई यो स्थानमा पुर्याउन किराँती राई समूदायको योगदान, साथ र माया अतुलनिय छ र त्यही साथ अनि मायाकै कारणले मेलिनाले आफ्नै समूदायकै मान्छेसंग बिहे गरोस् भन्ने चाहाना राख्नु स्वभाविक हो र त्यो चाहाना पुरा नहुँदा गायिका राईप्रति मन दुखाउनु पनि स्भाविक नै हो भन्छन् किराँत राई समूूदायका केही अग्रजहरु ।

तिनै मध्यका एक किराँती अग्रज तथा राजनीतिककर्मी एवं साहीत्यकार इन्द्र नारथुंगे लेख्छन्,‘किराँत राईहरुको सम्मान पुर्वक मान्ने तीनचुलासंग कुनै काल्पनिक इतिहाँस छैन र यसले कसैलाई पराई ठान्दैन । एउटा चुल्हा आमा पट्टीको साखासन्तान तिर अर्को चुल्हा बाबु पट्टीको साखासन्तानतिर र अर्को चुल्हा छोरी चेली कुलकुटुम्ब पट्टीको साखा सन्तानको प्रतिक उभिन्छ ।

यस्को अर्थ विश्वका कोहीपनि मानव पराई होईनन् भन्ने नै हो । मेलिना राई र सञ्जिव बराईलीको हुन लागेको विबाह हामी तीनचुल्हा मान्ने किराँती राईहरुको संस्कृती विरोधी छैन । यत्ति हो कि दुई अलग संस्कृति र मनोविज्ञानमा हुर्कि आएकाहरुको बीचमा सम्बन्धहरुलाई सहज रुपमा अगाडी बढाउन थुप्रै कठिनाईहरुको समाना गर्नु पर्छ । मेलिना र सञ्जिवले सबै कठिनाईहरुको समना गरेर जीवन सफल बनाउन सकून शुभकामना ।’

त्यसैगरी लोकप्रिय साहित्कार तथा मदन पुुरुस्का विजेता राजन मुकारुंग लेख्छन्,‘मानव समूदाय वा समूह वा जाति नै किन न भनौं मान्छेले आफ्ना अनुभवका आधारमा चेत निमार्ण गर्ने हो । र त्यो चेतले नै सभ्यताको विकासको गति निधार्ण गर्छ । अथवा मानिसले आफुलाई गतिशिल बनाउँछ ।

उसैपनि तीन चुल्मा हामीले वंश, छोरी चेली र समाजलाई प्रतिक मानेकै छौं । जहाँ समानताको कुरा हुन्छ भेदको होईन । यति बुझ्दा हामीलाई कुनै प्रकारको घाटा लाग्दैन । रुढ पाराले व्याख्या गरिरहने हो भने संस्कार संस्कृतिमा केवल उल्झन मात्र हुन्छ ।’

Comment