Entertainment

अभिनेता आर्यन सिग्देल डबल खुशी मनाउदै

नायक आर्यन सिग्देल शनिबार डबल सेलिब्रेसन गर्दैछन् । आर्यनको बैबाहिक बर्ष गाँठ र छोराको जन्मोत्सव एकै दिन परेको हो । यसकारण उनलाई डबल खुशी मिलेको हो । एकै दिन परेको यो दोहोरो खुसी आर्यनले सामाजिक संजालको फेसबुक तथा इन्स्टाग्राममा सेयर गरेका छन् । ६ बर्ष अगाडी बैशाख ६ गते आर्यनले प्रेमिका सपना भण्डारीसँग बिहे गरेका थिए ।

गत साल यही दिनमा सिग्देल दम्पत्तीलाई पुत्र लाभ भएको थियो । आर्यन र सपनालाई हेप्पी म्यारिज एनिभर्सरी संगै छोरा आयान्सलाई पनि जन्मदिनको शुभकामना । लकडाउनको समयमा आर्यन आफ्नो घर थानकोट गएका छन् । घरमा भएका कारण उनि यतिबेला परिवारलाई घरायसी काममा सघाईरहेका छन् ।

Related Articles

Check Also
Close
Back to top button
Close