Saturday, May 21

प्रियंकाको छोरीको नाम ‘मालती म्यारी’, के हो यसको अर्थ?

April 21, 2022 870

काठमाडौं। पूर्व विश्व सुन्दरी तथा बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडाको छोरीको नाम मालती म्यारी राखिएको छ।

प्रियंका र उनका श्रीमान अमेरिकी गायक निक जोनस सरोगेसी विधिबाट अभिभावक बनेका थिए। मालती म्यारीको जन्म जनवरी १५ मा सान डिएगो अस्पतालमा भएको थियो।

हिन्दुस्तान टाइम्सका अनुसार प्रियंकाको छोरीको पुरा नाम मालती म्यारी चोपडा जोनस हो। प्रियंका र निकले छोरीको नाम दर्ता गराइसकेका छन्।

खबरअनुसार संस्कृतबाट लिइएको मालती शब्दको अर्थ हुन्छ, सुन्दर फूल र चन्द्रमा। म्यारी चाहिं ल्याटिन भाषाको स्टेला म्यारिसबाट लिइएको हो, जसको अर्थ समुन्द्रको तारा भन्ने हुन्छ। बाइबलमा पनि यसको अर्थ भगवान यशुकी आमा भन्ने हुन्छ।

Comment