Tuesday, May 17

नाबालिका गायिकाले नवलपरासीको जिल्ला अदालतमा पनि फेरिन् बयान

April 21, 2022 925

आफूलाई अभिनेता पल शाहले ज ब र ज स्ती क र णी गरेको भन्दै मुद्दा दर्ता गरेकी किशोरीले दुई सातापछि जिल्ला अदालत पूर्वीनवलपरासीमा शाहले ब ला त्का र नगरेको बताएकी छन् ।

ती युवतीले अदालतमा बुधबार दिएको बयानमा गैंडाकोटमा एक वर्षअघि फिल्मी गीत छायांकनका क्रममा आफूलाई शाहले ज ब र ज स्ती नगरेको बताएको अदालत स्रोतले जनाएको छ । पल शाहले आफूमाथि ज ब र ज स्ती क र णी गरेको भन्ने यसअघिको बयानमा सत्यता नरहेको समेत दाबी गरिन् ।

त‍ी किशोरीले आफूले अरुको उक्साहटमा आएर शाहले ब ला त्का र गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् । बुधबार साढे ४ बजे ती किशोरीको बयान सकिएपछि उनको बुबाको बयान सुरु भएको छ । अभिनेता शाहलाई तनहुबाट बुधबार पूर्वीनवलपरासीस्थित अदालतमा ल्याइएको छ ।

गतचैत २३ गते जिल्ला अदालत पूर्वीनवलपरासीमा बयानका लागि उपस्थित गराइएका शाहलाई अदालतले बुधबार हाजिर हुन आदेश दिएअनुसार उनलाई तनहुँबाट पूर्वीनवलपरासीमा ल्याइएको हो ।

उनै किशोरीले शाहले आफूलाई ब ला त्का र गरेको अरोप लगाएर तनहुँ र पूर्वीनवलपरासी प्रहरीमा उजुरी गरेकी थिइन् । ब ला त्का र गरेको अभियोगमा मुद्दा दर्ता गराएकी ती किशोरीले मंगलवार जिल्ला अदालत तनहुँमा दिएको बयानमा ब ला त्का र नगरेको र अरुको उक्साहटमा आएर त्यस्तो आ रो प लगाएको भनेर बयान फेरेकी थिइन् ।

Comment