खानी खोला गाउँपालिका वार्ड नम्बर दुईमा बस्ने कक्षा आठमा पढ्ने एउटा ज्वाला नामको बच्चाको आँखा बाहिर नि*काल्ने खालको भिडियोहरु टिकटकमा यतिबेला भाईरल बनेको छ। उसको यस्तो कसरी आँखा बाहिर निकाल्ने सम्भव भएको रहेछ भनेर उनको शिक्षकलाई सोध्दा उनी यसो भन्छन्,’ अब यो चै ज्वालाको कला होला जस्तो लाग्छ मलाई । पहिले त्यस्तो थिएन उ अलिक ठुलो भएपछि उसले त्यो कला आँफै निकालेको हो।’
उसको आँखा सनै देखि यस्तै थियो कि कसरी येस्तो भयो भनेर सोध्दा उनका शिक्षक यसो भन्छन्,’ मैले देखे र सम्जिए सम्म उसको जन्*मजात नै येस्तै थियो।’ ज्वालाको आमा बुबाको बारेमा सोध्दा उनी यसो भन्छन्,’ उसको बुबा अलिकति अ*पाङ्ग हुनुन्छ आमा चै ज्वाला सानै हुँदा बेला नै भिरबाट लडे*र मृत्*यु भएको थियो।’
‘त्यसै गरी उसको आर्थिक ब्याकग्राउन्ड पनि अलिकति कमजोर नै छ। अहिले उसलाई उसको ठुलो बुबाले हेरिरहनु भएको छ ज्वालालाई। उसको बुबाको पनि ज्वालाको जस्तै आँखा हरू छन्।’ ज्वालाको पढाईका बारेमा उस्को शिक्षक लाई सोध्दा उनी यसो भन्छन्, ‘उसको पढाई त ठीकै छ र अलिकति दिमागले क्याच गर्न नसक्ने हुनाले भनेको कुराहरु सुनेको कुराहरू गर्न सक्दैन ज्वालाले।’
उसको आँखाको उपचार गर्न डाक्टर सँग चेकअप भाको छ कि छैन भनेर सोध्दा ज्वालाको शिक्षक येसो भन्छन्,’ उस्को जन्मजात नै त्यस्तो भाको हुनाले अनि परिवारको आर्थिक अव*स्था कम*जोर भयेको हुनाले लगभग डाक्टर सँग यस्तो केही सलाह सुझाब भएको छैन होला वहाँको परिवारबाट।’
‘तर मैले पहिले एकपटक डाक्टर सँग बुझ्दा वहाँले उसको आँखाको नानी ठुलो भन्ने सोचाइ गलत हो किन भने सबैको आँखाको नानी उस्तै हुन्छ तर उसको आँखाको ननी बस्ने खोबिल्टो चाई मासुले पुरिएको हुनाले आँखाको ननि बाहिर निस्किएको भनेर भन्नु बाएको थियो’ भन्छन् ज्वालाको शिक्षक।
Comment