News

पोखरामा ‘भुकम्प’को धक्का ! मानिसहरु निस्किए घर बाहिर

६ बैशाख पोखरा :पोखरामा भुकम्पको धक्का महसुस गरिएको छ । आज (शनिबार) ११ बजेर १५ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

भुकम्पले आएपछि मानिसहरु घर बाहिर निस्किएका छन्। कती रेक्टरको भुकम्प गएको बिस्तृत समाचार आउन बाँकी छ ।

लकडाउनमा घरभित्र रहेका मानिसहरु भूकम्पको धक्कासँगै सडकमा निस्किएका छन् ।

आज महसुस गरिएको भूकम्प पहिले गएको भूकम्पको पराकम्प हो वा नयाँ भूकम्प हो भन्नेबारे जानकारी प्राप्त भएको छैन । थप जानकारी प्राप्त भएपछि हामी तपाइहरुलाई अपडेट गराउनेछौं ।

सामाजिक सञ्जालहरुमा मानिसहरुले भूकम्पको धक्का महसुस भएको स्टाटस र ट्विटहरु राखेका छन् ।

Related Articles

Back to top button
Close