News

लकडाउनको बेला काठमाण्डौ नछोड्नु भन्दै आयो यस्तो खबर

लकडाउनका कारण समस्या भएर कयौँ मजदूर हिँडेरै गाउँ फर्किन थालेपछि उपत्यका नगरपालिका फोरम काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ ।

उपत्यकाका १८ नगरपालिकाका प्रमुख, उपप्रमुख संलग्न नगरपालिका फोरमलेले आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँगको छलफलका क्रममा यस्तो आग्रह गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत प्रतिबन्ध गरेको अवस्थामा तपाईं जो जहाँ रहनुभएको छ, त्यही सुरक्षित बस्नुहोला, आवश्यक सहयोग गर्न तयार छौँ ।”

केही समस्या भए उपत्यकाका सम्बन्धित वडा कार्यलयमा सम्पर्क गर्न सो फोरमले व्यवस्था मिलाइएको जनाएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गर्नुभएको छ । “यस्तो प्रतिकूल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडी सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःख कष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा आज एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताउनुभयो ।

नेपालमा एकै दिन यतिधेरै सङ्ख्यामा सङ्क्रमित रहेको पहिलो पटक हो । यसअघि छिटफुटरुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए । योसँगै सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक गत चैत १० गते विदेशबाट आएका व्यक्तिमा सङ्क्रमित देखिएको थियो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षणका लागि पठाएपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यसअघि गत मङ्गलबार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा सङ्क्रमण देखिएको हो ।

सहप्रवक्ता डा अधिकारीका अनुसार उदयपुरमा सङ्क्रमण देखिएका सवै पुरुष रहेका र तिनीहरु नुरुी मस्जिदमा रहेका थिए । यसैगरी चितवनमा दुई आमा छोरालाई सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । १४ जना नयाँ सङ्क्रमितका बारेमा थप अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले ती सङ्क्रमितको सम्पर्क (कन्याट्क टे«सिग) भइरहेको बताउनुभयो ।

उदयपुरमा सङ्क्रमित १२ जना पुरुष ३४ वर्ष, २९ वर्ष, २६ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २२ वर्ष, २५ वर्ष, २० वर्ष, ४० वर्ष र २९ वर्षका रहेका छन् । यसैगरी भरतपुर अस्पलातका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार राप्ती नगरपालिका–८ ब्रह्मनगरका ६३ वर्षीय महिला र उहाँका २७ वर्षका छोरामा कोरोना सङ्क्रमण भएको हो । उहाँहरु दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आउनुभएको थियो । बुधबार दु्रत जाँच ‘¥यापिड’ डाइग्नोष्टिक टेष्ट गर्ने क्रममा आमालाई शङ्कास्पद देखिएपछि सँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो ।

अधिकारीका अनुसार बिहीबार उक्त प्रयोगशालामा दुई पटकसम्म स्वाब परीक्षण गर्दा शङ्कास्पद देखिएपछि आमा र एक छोराको स्वाव काठमाडौँ पठाइएको थियो । उहाँहरुमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शनिबार बिहानैबाट उहाँहरुले भेट गरेका मानिसको खोजी गरी क्वारेन्टाइनमा राखिने जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close