‘दाइ म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु, म निस्किन्छु।’
चैत्र ३० गते राति ९ बजेर ३० मिनेटदेखि ३२ मिनेटको बीचमा बहिनी अमृता खत्री टण्डनले पठाएका यी म्यासेज हेरेपछि दाइ पुष्पक खत्रीले बहिनीमाथि केही नराम्रो भइरहेको छ भन्ने अड्कल काटिसकेका थिए।
माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा। चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने
अमृता आधा घन्टापहिले साढे आठ बजे रूपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित वरपिपल पथमा रहेको माइतीबाट दुई-तिन सय मिटर परको भेटेनरी लाइनस्थित आफ्नो घर गएकी थिइन्।
घर पुगेपछि ९ बजेर १४ मिनेटमा पनि अमृताले दाइ पुष्पकको मोबाइलमा म्यासेज पठाएकी थिइन्।
‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा। चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने? माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न न दिने चेलीको फेर्ने सास गयो।’
९ बजेर ३२ मिनेटसम्म दाजुसँग म्यासेजमा कुरा गरिरहेकी अमृतालाई अस्पतालले ९ बजेर ५० मिनेटमा मृत घोषणा
बहिनीका यस्ता म्यासेज देखेपछि पुष्पकले ‘तँजस्तो मान्छे मर्ने कुरा गर्ने हो? भोलि भान्जासँग आइजा कुरा गरूम्ला’ भन्दै अमृतालाई म्यासेज पठाए पनि अमृताले भने जवाफ फर्काइनन्। पौने दशबजेतिर अमृताले वि ष से वन गरी अस्पताल ल्याएको भन्दै उनका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गरे। ९ बजेर ३२ मिनेटसम्म दाजुसँग म्यासेजमा कुरा गरिरहेकी अमृतालाई अस्पतालले ९ बजेर ५० मिनेटमा मृ-त घोषणा गर्यो।
अमृताको मृत्युपछि अहिले बुटवल र तिलोत्तमा अशान्त बनेको छ। माइती पक्षले अमृताले वि ष से वन गरेको नभई घरपरिवारले सुनियोजित रूपमा वि षादी खुवा एर ह ‘त्या गरेको आरोप लगाएका छन्।
तिलोत्तमा नगरपालिका-२ जानकीनगर वरपिपल पथकी अमृताको नौ वर्षपहिले जानकीनगर भेटेनरीलाइनका प्रेम टण्डनसँग प्रेमविवाह भएको थियो। प्लस टु पढ्दै गरेकी अमृतालाई मन पराएको भन्दै प्रेमको परिवार आफैं माइती पक्षसँग विवाहको प्रस्ताव लिएर गएका थिए।
प्रेमको परिवारबाट सुरूमा माग्न आए पनि अमृताको मावली टण्डन भएकोले सुरूमा उक्त सम्बन्धलाई माइती पक्षले स्वीकारेका थिएनन्। पछि प्रेमको परिवारले भगाएर विवाह गरी अमृतालाई भारतमा लगेर गए।
विवाहको एक वर्षपछि नै अमृताले छोरा जन्माइन्। माइती पक्षले पनि ढोगभेट दिए। घरपरिवारमा सामान्य ठाकठुक भएपनि केही वर्ष सम्बन्ध ठिकै रह्यो। तीन-चार वर्षदेखि भने अमृता र घरपरिवारको सम्बन्ध सुमधुर बन्न सकेन।
घरका एक्ला छोरा प्रेम भारतमा जागिर गर्थे। जानकीनगर आएपछि बेरोजगार भएका थिए। अमृताका दाजु पुष्पकका अनुसार बेरोजगार प्रेम दुई-चार सय रुपैयाँको लागि पनि आमाबुवा माथि नै निर्भर थिए। परिवारको खर्चको व्यवस्था बुवाआमाले नै मिलाउँथे। श्रीमानले नकमाउने भएपछि अमृता पनि सासु ससुरामाथि नै निर्भर थिइन्। भागेर विवाह गरेकाले सामान्य समस्या माइतीमा लगेर सुनाउन पनि सकेकी थिइन्।
पुष्पकले भने बहिनी र ज्वाइँको सम्बन्ध राम्रो नभएको बुझिसकेका थिए। बेलाबेला बहिनीको आर्थिक समस्या टारिदिने गरे पनि उनी बहिनीलाई घरपरिवारप्रतिको जिम्मेवारी पूरा गर्नबाट पछि नहट्न सुझाइरहन्थे।
चैत ३० गते साँझ पनि उनले बहिनीलाई परिवारले जति नै दोष लगाउने गरे पनि आफू जिम्मेवारीबाट नचुक्न भन्दै सम्झाएका थिए।
गत भदौमा परिवारले सामान्य विषयमा पनि कमजोरी देखाएर खोट लगाउने, खाना खाँदा विभेद गर्ने, मान सिक रूपमा सधैँ टर्चर दिइरहँदा घरमा बस्न नसक्ने भन्दै वडा नं. २ को कार्यालयमा अमृताले निवेदन दिएकी थिइन। वडामा निवेदन दिएर उनी माइत गएकी थिईन्। भदौ १७ गते वडाध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरू, वडा सचिव, घर र माइती पक्षको बीचमा छलफल गरी अबका दिनमा घरपरिवारले सामान्य विषयमा खोट नदेखाउने र घरमा बस्ने वातावरण मिलाउने तथा अमृता पनि घरमै गएर बस्ने गरी दुबै पक्षले लिखित सहमति गरेका थिए।
त्यसपछि अमृता घरमै गएर बसे पनि श्रीमान र सासुसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन। उक्त सहमतिपछि अमृताले परिवारले मान सिक रूपमा पी डा दिने गरे पनि माइतीलाई भनेकी थिइनन्।
गत असोजमा पुष्पकको विवाह भयो। अमृता छोरालाई लिएर दाजुको विवाहमा माइती गइन्। जेठानको विवाह हुँदा प्रेम भने ससुराली गएनन्। पुष्पकले बहिनी र ज्वाइँको सम्बन्ध नसुधारिएको त्यतिबेला पनि पत्तो पाइसकेका थिए। घरभित्रको कुरा वडा कार्यालयमा समेत पुगेको कारण परिवारको बीचमा अझै पनि मतभेद रहेको हुन सक्ने भन्दै उनले त्यो विषयमा कुरा गर्न चाहेनन्।
दुई दाजुकी एकमात्र बहिनी अमृता माइतीमा पनि सबैभन्दा नजिक पुष्पकसँग नै थिइन्। घरपरिवारसँगको सम्बन्ध जति सुधार्न खोजे पनि राम्रो बन्न नसकेपछि उनले दाजुलाई पनि भन्न छोडेकी थिइन्। बरू दिनभरि घरमा बसेर झनै मान सिक तना व झेल्नुभन्दा जागिर गर्ने भन्दै केही महिनादेखि तिलोत्तमा नयाँमिलस्थित फर्निचर उद्योगको लेखा शाखामा काम गर्न थालेकी थिइन्।
पुष्पकका अनुसार अमृता दिनभरि काममा गए पनि साँझ-बिहान घरपरिवारसँग झग डा भइरहन्थ्यो।
‘महिनाभरि काम गरेको पैसा कहाँ खर्च गर्छेस्, तैंले जागिर गरेर हामीलाई के भयो र? भन्दै तनाव दिइरहन्थे,’ पुष्पक भन्छन्।
नजिकै भएकाले घरपरिवारमा भएका सामान्य झ गडा पनि माइती पक्षले थाहा पाइहाल्थे। झ गडा हुँदा दाजु पुष्पक र भाउजु मुना अमृताको घरमा पुग्थे र बहिनी, ज्वाइँ दुबैलाई नै सम्झाएर फर्किन्थे।
चार-पाँच दिनपहिले अमृताले आफूलाई भारत जान परिवारले दबाब दिइरहेको तर आफूलाई जाने इच्छा नभएको पुष्पकलाई बताएकी थिइन्। यहाँ हुँदा घरपरिवारले हेला गरे पनि माइतीको सहारा रहेकाले भारत जान नचाहेको बरू कुनै तेस्रो मुलुक जान पाए रोजगारीको लागि जानुपर्छ कि भनेर दाजुसँग सल्लाह गरेकी थिइन्।
चैत २९ गते साँझ पनि श्रीमानले कु टपि ट गरेको भन्दै अमृताले रूँदै दाजुलाई फोन गरिन्। पुष्पक र मुना तुरून्तै घरमा पुगे। घरमा पुग्दा घर वरिपरिका मानिस जम्मा भइसकेका थिए। अमृताकी सासु दीपा टण्डनले दाजुभाउजुलाई घरमा नछिर्न भनिन्। दुई पक्षबीच केहीबेर भनाभनसमेत भयो। घर फर्किँदा पुष्पकले बहिनीमाथि कुनै नराम्रो भए आफूले नछोड्ने भनेका थिए।
चैत ३० गते बिहान अमृता फर्निचर उद्योगमा काममा जानु पहिले माइती गएकी थिएन। पुष्पकले बहिनीलाई अरू दिनभन्दा त्यो दिन बढी निराश देखेका थिए। उनी खानासमेत नखाई काममा गइन्। पुष्पक आफैंले अफिस पुर्याइदिए। साँझ फेरि झोलामा केही जोर कपडा बोकेर अमृता माइती गइन्।
प्रेमले छोरालाई केही भयो भने त्यसको जिम्मेवार तँ आफैं हुनुपर्छ भनेर चेतावनी दिएपछि अमृता साढे आठ बजेतिर माइतीबाट घर फर्किएकी
आठ बजिसकेको थियो, आमा र भाउजुले खाना पकाइरहेका थिए। अमृता र पुष्पक पनि भान्सामै बसिरहेका थिए। त्यहीबेला अमृतालाई प्रेमले फोन गरिरहे। दुई-तिन पटकका फोनमा उनले टाउको दुखेको र आफू माइतीमै बस्ने भनेर फोन का टेकी थिइन्। अन्तिम पटकको फोनमा भने प्रेमले चेतावनीपूर्ण रूपमा घरमा आउन भनेका थिए।
‘वर्षको अन्तिम दिन चैतको मसान्तीमा घरभन्दा बाहिर गएर बस्यो भने परिवारको कान्छो सदस्यलाई नराम्रो हुन्छ रे,’ प्रेमले भनेका थिए। घरका कान्छा सदस्य अमृताका छोरा आदित्य थिए। प्रेमले छोरालाई केही भयो भने त्यसको जिम्मेवार तँ आफैं हुनुपर्छ भनेर चेतावनी दिएपछि अमृता साढे आठ बजेतिर माइतीबाट घर फर्किएकी थिइन्।
राति भइसकेको बेला खाना नखाई माइतीबाट घर जान थालेपछि आमा, भाउजु र दाइले उनलाई घर गए पनि खाना खाएर मात्रै जान भनेका थिए। भोलि आउँछु भन्दै माइतीबाट हिँडेकी अमृताले विष सेवन गरेर अस्पताल लगेको भन्दै सवा दश बजे प्रेमले अमृताका दाजुलाई खबर गरेका थिए।
९ बजेर ३२ मिनेटमा दाइलाई म्यासेज गरेकी अमृतालाई लुम्बिनी प्रादेशिक अस्पतालले ९ बजेर ५० मिनेटमा मृत घोषणा गरेको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पुर्याइएको थियो।
अमृताका दाजु पुष्पकले ९ बजेर ३२ मिनेटसम्म म्यासेजमा कुरा गरेको बहिनीलाई अस्पतालले ९ बजेर ५० मिनेटमै वि ष सेवनबाट मृ त घोषणा गर्नुले यो घटना शंकास्पद रहेको बताउँछन्।
अमृताको श व लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको भए पनि अहिलेसम्म पो ष्टमार्टम हुन सकेको छैन। उनको मृत्यु कि टनाशक विषा दी डि डिफैक्सको प्रयोगबाट भएको चिकित्सकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। बालीनालीमा लाग्ने किराफट्याङग्रा मा र्न प्रयोग हुने अत्यन्त घा तक उक्त विषा दी नेपालमा बिक्री वितरण गर्न बन्देज छ।
माइतीबाट राति घर फर्किएकी अमृता आफैंले वि ष लिएर सेवन गर्ने अवस्था नभएकाले परिवारले नै सुनियोजित रूपमा वि ष सेवन गराएर ह ‘त्या गरेको भन्दै उनीहरूलाई कारबाहीको माग गरेका छन्। प्रहरीले अमृताका श्रीमान प्रेमलाई बुधबार राति र सासु ससुरालाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ।
माइती पक्षले भने प्रहरीले अमृताले आ त्म ह त्या गरेको पुष्टी गराएर घरपरिवारलाई जोगाउने प्रयास गरिरहेको भन्दै शुक्रबार दिनभर इलाका प्रहरी कार्यालय परिसरमा प्रदर्शन गरेका थिए। घटनाको सत्यतथ्य अनुसन्धान गर्न र दोषीलाई कडा कारबाही गर्न दबाब दिन प्रहरी कार्यालय पुगेका आफूहरूलाई प्रहरीले निर्मम रूपमा कुटपिट गरेको माइती पक्षले आरोप लगाएका छन्।
पुष्पकले बहिनीलाई कुनै खाना वा पेयमा वि षादी मिलाएर घरपरिवारले ह ‘त्या गरेको दाबी गर्दै सोही अनुरूप अनुसन्धान अगाडि बढाउन माग गरेका छन्।
‘प्रहरीले छिटो-छिटो पो ष्टमा र्टम गर्न आउनुस् भन्दै दबाब दिइरहेको छ, हामीले फरेन्सिक ल्याबसहितको विज्ञ टोली ल्याएरमात्रै पो ष्टमा र्टम गर्नुपर्ने बताएका छौं,’ पुष्पकले भने।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आरोपितलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेकाले अनुसन्धानमाथि अनावश्यक आशंका नगर्न आग्रह गरे।
भगवती पाण्डे/सेताेपाटी
Comment