News

नेपालबाट श्रीमतीले फोन गरेपछि खुल्यो अमेरिकामा नेपाली मृ’त्युको रहस्य

अमेरिकामा एक नेपलीको मृत्यु भएको छ । भर्जिनियाको रेस्टन शहरमा बसोबास गर्ने सुनिल श्रेष्ठको मृ’त्यु भएको हो । नेपालबाट पत्नीले पटक—पटक फोन गर्दा पतिसँग सम्पर्क हुन नसकेपछि छिमेकी भारतीय महिला क्रिस्टेन धिङ्गललाई फोन गरी आफ्ना पतिबारे सोधखोज गरेपछि मृ’त्यु भएको थाहा लागेको हो ।

क्रिस्टेनलाई सुनिलले दिदी मान्दै आएका थिए। क्रिस्टेन र उनका पतिले सुनिल बस्ने कोठाको ढोकामा रहेको घण्टी बजाए पनि ढोका नखुलेपछि अपार्टमेन्टलाई खबर गरी प्रहरी बोलाइएको थियो।

अपार्टमेन्टमा प्रहरी आएपछि डाक्टर र एम्बुलेन्स कर्मचारीलाई बाहेक अरुलाई भित्र प्रवेश गर्न दिइएको थिएन। उनको मृ’त्यु के कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ। मेडिकल जाँचबाट मृ’त्युको कारण पत्ता लागेपछि परिवार सदस्यलाई जानकारी दिने प्रहरीले जनाएको छ। प्रारम्भिक जाँचमा उनको मृ’त्यु करिब १२ घन्टा अगाडि भएको देखिएको छ।

उनी फेनी मे कम्पनीमा कार्यरत थिए।। तीन दिन अगाडि श्रेष्ठ स्वयंले अपार्टमेन्ट समुदायको बैठक बोलाएका थिए। तर त्यसमा उनी सहभागी भएका थिएनन्। आफैँले आयोजना गरेको बैठकमा सहभागी नभएपछि श्रेष्ठका साथीहरुले खोजी तीब्र पारेका थिए।

मेरिल्याण्ड राज्यका नेपाली मूलका राज्य विधानसभा सदस्य ह्यारी भण्डारीले यो दुःखद क्षणमा नेपाली समुदायलाई परेको समस्या समाधान गर्न पहल गरिरहेको बताए।

Related Articles

Back to top button
Close